इङ्लिस प्रिमियर लिग अन्तर्गतमा १० खेलाडीमा सिमित चेल्सीसँग बराबरी गरे पनि आर्सनलले शीर्ष स्थानमा ५ अंकको अग्रता बनाएको छ।
शनिबार राति भएको खेलमा आर्सनलले चेल्सीसँग १–१ को बराबरी गर्दै अंक बाँडेको हो। खेलको ६९ औँ मिनेटमा मिकेल मेरिनोले निर्णायक गोल गरेपछि आर्सनल हारबाट जोगियाे।
त्यसअघि खेलको ३८ औँ मिनेटमा चेल्सीका मिडफिल्डर मोइसेस काइसेडोले रातो कार्ड खाएपछि चेल्सी १० खेलाडीमा समेटिएको थियो। जारी सिजनमा चेल्सीले छैटौँ रातो कार्ड पाएकाे हाे।
खेलको ४८ औँ मिनेटमा ट्रेभोगह चालोबाहको गोलमा चेल्सीले खेलमा अग्रता बनाएको थियो। तर खेलको दोस्रो हाफमा त्यसलाई जोगाउन सकेन।
बराबरीपछि आर्सनलले दोस्रो स्थानको म्यानचेष्टर सिटीसँगको अग्रता थप फराकिलो पार्ने मौका गुमायो।
गएराति नै भएको खेलमा म्यानचेष्टर युनाइटेडले क्रिष्टल प्यालेसलाई २–१ गोलअन्तरले हराएको छ। लिभरपुलले वेष्टह्यामलाई तथा एष्टोन भिल्लाले वुल्भ्सलाई समान १–० ले पराजित गरे। ब्राइटनले भने नटिङ्घम फरेष्टलाई २–० ले हरायो।
Shares

प्रतिक्रिया