शहिद स्मारक एन्फा महिला लिगमा संकटा एफसीले विजयी सुरुवात गरेको छ।
ललितपुरको च्यालस खेल मैदानमा बुधबार भएको उद्घाटन खेलमा संकटाले न्युरोड टिम (एनआरटी) लाई ४–० को फराकिलो जित निकालेको हो।
पहिलो हाफमा ३ गोल गरेका संकटाले दोस्रो हाफमा १ गोल थप्यो। पहिलो हाफको पाचौँ मिनेटमा विन थेइंगी टुमको गोलमा संकटाले सुरुवाती अग्रता बनाएको थियो। २६ औँ मिनेटमा लुसिया लैलाको गोलमा एनआरटीविरुद्ध सकंटाले अग्रता दोब्बर पार्यो।
खेलको २८औँ मिनेटमा सुक्रिया मियाको गोलमा संकटाले पहिलो हाफमा नै एनआरटीविरुद्ध ३–० को अग्रता बनायो।
५२ औँ मिनेटमा क्वीनाबेल अकोसुवाको गोलमा संकटाले लिगको उद्घाटन खेलमा नै सानदार जित दर्ता गरेको हो।
खेलको प्लेयर अफ दि म्याच सकंटा एफसी की लुसिया लैइला बनिन्। उनले ७ हजार ५ सय रुपैयाँ प्राप्त गरिन्। जितसँगै संकटाले अंक तालिकामा तीन अंक जोडेको छ।
आजै हुने दोस्रो खेलमा झापा एफसी र त्रिभुवन आर्मी फुटबल क्लब खेल्नेछन्। सो खेल दिउँसो ३ बजे सुरु हुनेछ।
Shares

प्रतिक्रिया