खेल


सुदूरपश्चिम क्रिकेट टोलीको जर्सी सार्वजनिक

सुदूरपश्चिम क्रिकेट टोलीको जर्सी सार्वजनिक

नेपालखबर
चैत ७, २०८२ शनिबार १५:१०, कञ्चनपुर

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने सुदूरपश्चिम क्रिकेट टोलीको जर्सी सार्वजनिक गरिएको छ। 

टोलीको मुख्य प्रायोजक एसपीए कलेजका प्रबन्ध निर्देशक सुवाश शाही, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बासुदेव जोशी र कप्तान शेर मल्लले शनिबार संयुक्त रुपमा जर्सी सार्वजनिक गरेका हुन्। राष्ट्रिय टोलीका सदस्य समेत रहेका मल्लको कप्तानीमा रहेको सुदूरको टोलीलाई यसै सिजनदेखि धनगढीस्थित एसपीए कलेजले मुख्य प्रायोजन गरेको छ। 

एसपीए कलेजले ३ वर्षका लागि प्रदेशको महिला र पुरुष दुवै टोलीको मुख्य प्रायोजन गरेको छ। कार्यक्रममा कलेजका प्रबन्ध निर्देशक शाहीले टोलीलाई शुभकामना व्यक्त गर्दै प्रदेशलाई च्याम्पियन बनाउने लक्ष्यसहित अघि बढ्नुपर्ने धारणा राखे। 

सुदूरपश्चिमको टोलीलाई व्यावसायिक रुपमा अघि बढाउन आफूहरूले गरेको सुरुवातलाई अन्य कर्पोरेट संस्थाहरूसँग पनि जोड्ने प्रयत्न भइरहेको बताए। सुदूरपश्चिम क्रिकेट संघका अध्यक्ष जोशीले एसपीए कलेजको सहयोगका लागि धन्यवाद दिए। 

अनुभवी र युवा खेलाडीसहित टोली सन्तुलित रहेका बताउँदै शीर्ष चारमा रहने लक्ष्यसहित काठमाडौँ जान लागेको कप्तान मल्लले बताए। 

टोलीमा कप्तान मल्लसहित किरण ठगुन्ना, खडक बोहरा, दीपक बोहरा, हेमन्त धामी, विकास आग्री, अभिषेक पाल, प्रकाश पाण्डेय, मिलन बोहरा, नरेन भट्ट, लोकेन्द्र चन्द, शौर्य श्रेष्ठ, नारायण जोशी, राजु रिजाल र अशोक धामी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad