वर्षातका कारण प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको शनिबारको खेल रद्द भएको छ।
शनिबार प्रतियोगिताको उद्घाटन खेल मधेस प्रदेशको राजधानी जनकपुरधाममा र दोस्रो खेल वीरगञ्जमा हुने तय गरिएको थियो। तर वर्षातका कारण जनकपुरधाममा खेल हुन सकेन।
जसले गर्दा मधेस प्रदेश र कोसी प्रदेशबीचको खेल रद्द भएको छ। उता वीरगञ्जमा कर्णाली र लुम्बिनी प्रदेशबीचको खेल सुरु भए पनि वर्षाले गर्दा रद्द भएको आयोजकले जनाएको छ।
मधेस प्रदेश टीमका संयोजक आकाश पाण्डेले खेलका सम्पूर्ण तयारी गरिएको भए पनि वर्षातका कारण हुन नसकेको बताए। दिउँसो १ बजेसम्म प्रतीक्षा गरिएको भए पनि खेल मैदानमा पानी जमेकाले रद्द गरिएको बताए।
खेल हुन नसके पनि प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री वसन्त कुशवाहाले प्रतियोगिताको उद्घाटन गरेका छन्। दुवै खेल रद्द भएपछि चार वटै टोलीले एक–एक अंक पाएका छन्।
Shares

प्रतिक्रिया