खेल


हङकङसँगको मैत्रीपूर्ण खेल स्थगित: एन्फा र राखेपबीच जुहारी

हङकङसँगको मैत्रीपूर्ण खेल स्थगित: एन्फा र राखेपबीच जुहारी

नेपालखबर
चैत ८, २०८२ आइतबार १७:५६, काठमाडौँ

हङकङसँगको मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले दशरथ रंगशाला उपभोग गरेवापतको आवश्यक रकम राष्ट्रिय खेलकुद परिषद् (राखपे) लाई भुक्तानी नगरेपछि मैदान नपाएको खुलासा भएको छ। 

एन्फाले आइतबार राखेपले हङकङसँगको मैत्रीपूर्ण खेलका लागि स्वीकृति नदिएपछि १२ गतेका लागि तय मैत्रीपूर्ण खेल स्थगित गर्नुपरेको भन्दै एक विज्ञप्ती जारी गरेको थियो। 

तर राखेपले रगंशाला उपभोगका लागि आवश्यक प्रक्रिया पूरा गर्न एन्फालाई चैत ३ गते आवश्यक रकम जम्मा गर्न पत्र काटेको भेटिएको छ। 
राखेपले एन्फालाई नेपालको राष्ट्रिय फुटबल टोली र हङकङको राष्ट्रिय फुटबल टिम बीच हुने खेल आयोजनाको लागि दशरथ रंगशालाको माग भई आएकोमा फागुन २६ गतेको सदस्य सचिव स्तरिय निर्णयानुसार दशरथ रंगशाला उपलब्ध गराउँदै प्रतियोगिता संचालन हुने दिनको साउण्ड सिष्टम प्रतिदिन रु १५ हजार, फ्ल्ड लाईट प्रतिदिन २५ हजार मात्र र स्कोर बोर्ड पाँच हजारका दरले लाग्ने भाडा रकम जम्मा ४५ हजार राष्ट्रिय खेलकुद परिषद्को, राष्ट्रिय वाणिज्य बैंकमा रहेको आम्दानी खाता नं १७००१००००२५०१००१ मा जम्मा गरि सक्कल बैंक भौचर सामान्य प्रशासन शाखामा बुझाए पश्चात मात्र माग गरिएको मितिका लागि दशरथ रंगशाला उपलब्ध गराईने व्यहोरा सहितको पत्र काटेको भेटिएको छ। 

त्यसपछि एन्फाले आवश्यक प्रक्रिया पूरा नगरेकाले मैदान नपाएको खुल्न आएको छ। यसले एन्फाले भ्रम सिर्जना गर्दै विज्ञप्ति जारी गरेको फेला परेको हो। 

यसैबीच राखेपले एक विज्ञप्ति जारी गर्दै एन्फाले प्रकाशित गरेको विज्ञप्तिको आधारमा आएको समाचारको खण्डन गरेको छ। 

राखेपले विज्ञप्ति जारी गर्दै राखेपले स्वीकृती नदिएको भन्दै एन्फाले हङकङ चाइनासँग १२ गते दशरथ रंगशालामा आयोजना गरिने मैत्रीपूर्ण खेल स्थगित गरेको भन्ने भ्रमपुर्ण समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ। 

राखेपले प्रतियोगिता सञ्चालनका लागि चैत ५ गते नै रगंशाला, फ्लडलाइट, स्कोरबोर्ड र अन्य पुर्वाधार प्रयोग सम्बन्धमा परिषद्को (सामान्य प्रशासन शाखा) को चैत ३ गतेको पत्र मार्फत नै स्वीकृति र अनुमती दिइसकेको जानकारी दिएको छ। 

साथै राखेपले भ्रमपूर्ण आरोप लगाइ आफूले गर्नुपर्ने कार्य नगरी कमजोरी लुकाउने प्रयास नगर्न समेत चेतावनी दिएको छ। साथै एन्फाको भ्रमपूर्ण समाचारले पार्ने असरप्रति सचेत रहन सरोकारवाला राखेपले आग्रह गरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad