राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद परम्परागत मनोरञ्जनको दायराबाट माथि उठेर आज आकर्षक पेशाका साथै राष्ट्रको गौरव, प्रतिष्ठा, शान बढाउने माध्यम बनिरहेको बताएका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १६औँ केन्द्रीय राष्ट्रपति रनिङ शिल्डको उद्घाटनको अवसरमा राष्ट्रपति पौडेलले खेलकुदको विशिष्ठ महत्व र विशेषतालाई मध्यनजर गरेर गुणस्तरीय शिक्षासँगै विद्यालय तहबाट नै खेल प्रतिष्पर्धा, कार्यक्रम र गतिविध बढाएर खेलप्रति आकार्षण र प्रोत्साहन गर्न सरकारले विशेष गतिविधिसँगै नीति र कार्यक्रम बढाउनुपर्ने समेत बताएका हुन्।
उनले खेलकुद विकास र जिम्मेवार नागरिक बन्न राष्ट्रपति रनिङ शिल्ड महहत्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गरे। राष्ट्रपति पौडेलले खेलप्रति सबैको चाहना बढ्दै गइरहेको र यसको विकासका लागि राज्यले पनि लगानी बढाउनुपर्ने बताए।
खेलप्रतिको भावना जागृत गर्दै भविष्यमा उत्कृष्ट खेलाडी उत्पादनमा यस किसिमको राष्ट्रिय प्रतियोगिता माध्यम बन्ने राष्ट्रपति पौडेलको जोड थियो। राष्ट्रपति पौडेलले अहिलेको युगमा खेलकुद प्रतिष्पर्धामा मात्र सिमित नभई अनुशासन कायम गर्न, व्यक्तित्व विकास गर्न र राष्ट्रिय एकता कायम राख्न पनि महत्वपूर्ण माध्यम बनिरहेको धारणा राखे।
पौडेलले खेलकुदको माध्यमबाट राष्ट्रिय एकताको भावना, भाइचारा, आपासी मित्रता र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा मद्दत पुग्ने विश्वास व्यक्त गरे।
साथै खेलसँग सरोकार पक्षले पनि ध्यानु दिनुपर्ने उनको जोड छ। यो प्रतियोगिताको माध्यमबाट खेल विकास मद्दत पुग्ने र देशभरका प्रतिभा पहिचान गर्ने आशा राष्ट्रपति पौडेलले विश्वास व्यक्त गरे।
यसका लागि आवश्यक खेल मैदानसहित पूर्वाधार, दक्ष प्रशिक्षक, प्रशिक्षण र समयाअनुकूल प्रशिक्षण आवश्यक रहेको बताए। राष्ट्रपति पौडेलले खेलप्रति नै मेरो भविष्य सुनिश्चित छ भन्ने भावना विद्यार्थीमा बढ्नुपर्ने बताए।
राष्ट्रपति रामचन्द्र पौडेलले ब्याडमिन्टनका ओलम्पियन प्रिन्स दाहाललाई ओलम्पिक टर्च प्रदान गर्दै उद्घाटन गरेका थिए।
Shares

प्रतिक्रिया