खेल


प्रधानमन्त्री कप एकदिवसीयमा नेपाल पुलिसको पहिलो जित

प्रधानमन्त्री कप एकदिवसीयमा नेपाल पुलिसको पहिलो जित

तस्बिर : क्यान


नेपालखबर
चैत १०, २०८२ मंगलबार १६:५४, काठमाडौँ

प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको इतिहासकै सर्वाधिक विशाल योगफल बनाएको नेपाल पुलिस क्लबले पहिलो जित दर्ता गरेको छ।

मंगलबार भएको खेलमा पुलिस क्लबले एपीएफलाई १ सय ८५ रनको विशाल अन्तरले हराएको हो।

पुलिस क्लबले पहिलो जित हात पारेको दिन एपीएफले भने पहिलो हार व्यहोरेको छ। एपीएफले पहिलो खेलमा बागमतीलाई ७१ रनले हराएको थियो। 

पुलिस क्लबले पहिलो खेलमा आर्मीसँग २२ रनको हार व्यहोरेको थियो। 

पुलिस क्लबले दिएको ३ सय ५६ रनको विशाल लक्ष्य पछ्याएको एपीएफ ४४ ओभरमा १ सय ७० रन बनाउँदा अलआउट भयो। 

एपीएफका लागि नन्दन यादव ४४ रनमा अविजित रहे। कमल ऐरिले ३५ रन थपे। सन्दीप जोराले २४, पुरन विकले २०, आशिफ शेखले १८ र कप्तान रोहित पौडेलले ११ रन बनाए। 

एपीएफलाई कम स्कोरमा रोक्न ललित राजवंशीले ३ विकेट लिए। दिनेश खरेल, करण केसी र रासिद खानले समान २ विकेट लिए। सागर ढकालले एक विकेट आफ्नो नाममा गरे। 

त्यसअघि मुलपानी क्रिकेट मैदानमा एपीएफले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पुलिस क्लबले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय ५५ रनको कीर्तिमानी योगफल तयार पारेको थियो।  

कीर्तिमानी लक्ष्य दिने क्रममा पुलिस क्लबका चार खेलाडीले अर्धशतक पूरा गरे। शंकर रानाले ५४ बलमा ५ चौका र ४ छक्का सहयोगमा ६१ रन बनाउँदा अमर राउटेलाको बलमा क्याच आउट हुन पुगे। 

दिनेश खरेलले ५२ बलमा ६ चौका र ४ छक्का सहयोगमा ६० रन बनाउँदा अमर राउटेला कै बलमा विकेटकिपर आशिफ शेखको हातबाट आउट हुन पुगे। 

३० बलमा ५ चौका र ३ छक्का सहयोगमा दिलसन अलीले ५१ रन बनाउँदा अविजित रहे। कप्तान आरिफ शेखले ४२ बलमा ५ चौका र २ छक्का सहयोगमा अर्धशतक बनाए। 

रासिद खानले ४४, अमृत श्रेष्ठले ३९ र गुल्सन झाले २३ रन बनाउँदै पेभेलियन फर्के। करण केसीले ६ र कुशल भुर्तेलले ४ रन बनाए। ललित राजवंशी शुन्यमै रनअउट भए। सागर ढकाल शून्य रनमा नटआउट रहे। 

एपीएफका लागि अमर राउटेला र कमल ऐरिले समान २ विकेट लिए। नन्दन यादव, रोहित पौडेल र युवराज खत्रीले समान १ विकेट आफ्नो नाममा गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad