थाइल्यान्डसँग हुने मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोलीको घोषणा भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार ३२ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो। प्रारम्भिक टोलीमा कप्तान सावित्रा भण्डारी र मिडफिल्डर सविता राना मगर अटाएका छैनन्। दुवै जना चोटका कारण मैदान बाहिर छन्।
प्रारम्भिक टोलीमा उमेर समूहदेखि सिनियर टोलीबाट बाहिरिएका खेलाडीलाई समेत बोलाइएको छ। फिफा सिरिज २०२६ अन्तर्गत नेपालले थाइल्यान्डसँग दुई वटा मैत्रीपूर्ण खेल खेल्नेछ। दुवै खेल थाइल्यान्डको रत्चाबुरी स्टेडियममा हुनेछन्।
प्रारम्भिक टोली: अनिता बस्नेत, अनिता केसी, अनिता लम्जेल, अञ्जना रानामगर, एञ्जिला तुम्बाप्पो सुब्बा, अस्मिता नेपाली, वर्षा ओली, विमला विक, बिर्सना चौधरी, दिपा शाही, गिता राना, हिरा भुजेल, जेनिफर राना, मनमाया दमाई, मिना देउवा, नेहाकुमारी चौधरी, निशा थोकर, पुनम चेम्जोङ, प्रतिक्षा चौधरी, प्रिती राई, पूजा राना, पूर्णिमा राई, रश्मीकुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटे, सविना चौधरी, समीक्षा घिमिरे, सरस्वती हमाल, सरु लिम्बू, सुक्रिया मिया, सुशिलाकुमारी चौधरी र उषा नाथ।
Shares

प्रतिक्रिया