नेपाल ब्याडमिन्टन संघले बेनुपराज खत्रीलाई प्रवक्ता चयन गरेको छ।
संघको १३औँ कार्यसमिति बैठकले खत्रीलाई प्रवक्ता तोकेको हो। उनी संघका सचिव हुन्।
त्यस्तै, संघको बैठकले ४२औँ राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०८३ को मिति र स्थान पनि तय गरेको छ। प्रतियोगिता वैशाख २९ देखि जेठ ३ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालास्थित कभर्डहलमा आयोजना हुने भएको छ।
प्रतियोगिता व्यवस्थापनलाई प्रभावकारी बनाउन विभिन्न उपसमिति पनि गठन गरिएको छ। प्रतियोगितामा सातै प्रदेशका टोलीका साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरी तीन विभागीय टोली पनि सहभागी हुने भएका छन्।
36
Shares

प्रतिक्रिया