खेल


इंग्ल्यान्डको टोलीले नेपाल भ्रमण गर्ने, कीर्तिपुरमा टी-२० खेल हुने

इंग्ल्यान्डको टोलीले नेपाल भ्रमण गर्ने, कीर्तिपुरमा टी-२० खेल हुने

नेपालखबर
बैशाख २८, २०८३ सोमबार १७:६, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा इंग्ल्यान्डको राष्ट्रिय टोलीसँग टी-२० आई सिरिज खेल्ने भएको छ। 

सन् २०२७–३१ को अन्तर्राष्ट्रिय साइकलअन्तर्गत नेपाल र इंग्ल्यान्डबीच टी-२० आई सिरिज हुने भएको हो। नेपाल र इंग्ल्यान्डबीचको सिरिज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ। इंग्ल्यान्डको टोली कहिले नेपाल आउने भन्ने मिति निश्चित भने भइसकेको छैन। 

नेपाल र इंग्ल्यान्डबीचको पहिलो भेट आईसीसी टी-२० विश्वकपमा भेट भएको थियो। मुम्बइको वानखेडे स्टेडियममा समूह चरणमा भएको भेटमा नेपाल ४ रनले पराजित भएको थियो। 

इंग्ल्यान्डको टोली नेपालमा आए अहिलेसम्मको सबैभन्दा ठूलो टोलीको नेपाल भ्रमण हुनेछ। विश्वकपअघि नेपाली टोलीले यूएईमा वेस्ट इन्डिजलाई हराउँदै ऐतिहासिक सिरिज जितेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad