खेल


तस्बिरमा हेर्नुहोस् नेपाल–अमेरिका क्रिकेट भिडन्त

तस्बिरमा हेर्नुहोस् नेपाल–अमेरिका क्रिकेट भिडन्त

सरोज नेपाल
जेठ २, २०८३ शनिबार १२:५२, काठमाडौँ

दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट बलिङमा आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणत्मक सिरिजमा घरेलु टोलीसामु अमेरिकाले १ सय ९६ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अमेरिका ४३.३ ओभरमा १ सय ९५ रन बनाउँदा अलआउट भयो।

ओपनर स्मित पटेलले सर्वाधिक ८३ रनको योगदान दिए। उनले ८९ बलमा ८ चौका र ३ छक्का प्रहार गरे। त्यसअघि पाचौँ ओभरमा १४ रन बनाउँदा स्मितको क्याच ड्रप हुँदा जिवनदान पाएका थिए। 

दोस्रो विकेटका लागि स्मित र सेहनान जयसर्याले १ सय रनको साझेदारी गरे। सेहनान अर्धशतक पूरा गर्दै पेभेलियन फर्के। ५२ बलमा ५ चौका र १ छक्का प्रहार गरेका सेहनान दीपेन्द्रसिंह ऐरिको बलमा गुल्सन झा को हातबाट क्याच आउट भए। 

मिलिन्द कुमार २८ रन बनाउँदा दीपेन्द्र सिंह ऐरिको बलमा एलबीडब्लु धरापमा परे। मिलिन्द कुमारले ४१ बलमा २ चौका र २ छक्का हाने। हरमित सिंह १४ रन बनाउँदा दीपेन्द्रको बलमा रोहित पौडेलको हातबाट क्याच आउट भए। 

कप्तान साइतेजा मुक्कामल्ला ४ रन बनाउँदा सन्दीप लामिछानेको बलमा बोल्डआउट भए। सयान जहानगिर ६ रनमा सोमपाल कामीको बलमा बोल्ड आउट भए। सञ्जय कृष्णमुर्ति १ रन बनाउँदा गुल्सन झाको बलमा ललित राजवंशीको हातबाट क्याच आउट हुन पुगे। 

शुभम रन्जाने २ रनमा रनआउट भए। मोहम्मद मोहसिन शुन्य रनमा नै रनआउट भए। नोस्तुस केन्जीके १ रन बनाउँदा दीपेन्द्रको बलमा एलबीडब्लु आउट भए। 

नेपालका लागि दीपेन्द्रसिंह ऐरिले चार लिए। किफायती बलिङ गरेका उनले ७.३ ओभरमा मात्र २४ रन खर्चे। 

सोमपाल कामीले २ विकेट झारे। उनले ७ ओभरमा १ मेडन राख्दै ३५ रन खर्चे। सन्दीप लामिछाने र गुल्सन झाले समान एक विकेट लिए। 

खेल जारी छ। 

हेर्नुहोस् तस्बिहरू

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad