एसियन गेम्स छनोट २०२६ को तयारीमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले मलेसियासँग २ टी–२० आई अभ्यास खेल खेल्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार विज्ञप्ती जारी गरी महिला टोलीले बुधबार र शुक्रबार मलेसियासँग २ अभ्यास खेल्ने जानकारी दिएको हो।
एसियन गेम्स छनोट प्रतियोगिता जेठ ९ देखि १७ गतेसम्म मलेसियामै हुँदै छ।
यसका लागि क्यानले आइतबार नै कार्यक्रम आयोजना गरी मलेसिया जाने महिला टोलीलाई बिदाइ गरेको छ।
नेपाली महिला क्रिकेट टोली मंगलबार मलेसिया प्रस्थान गर्नेछ।
नेपाली क्रिकेट महिला टोली
इन्दु बर्मा (कप्तान), पूजा महतो (उपकप्तान), रुबी पोद्दार, कविता जोशी, सिता राना मगर, अनु कठायत, सोनी पाख्रिन, सिमाना केसी, बिन्दु रावल, सम्झना खड्का, कविता कुँवर, रिया शर्मा, मनीषा उपाध्याय, रुबिना क्षेत्री
वैकल्पिक खेलाडी
Shares

प्रतिक्रिया