केन विलियम्सनले एउटा विश्वकपमा सर्वाधिक स्कोर गर्ने कप्तानको कीर्तिमान कायम गरेका छन्।
न्यूजिल्याण्डका कप्तान विलियम्सनले यस विश्वकपमा ५ सय ७८ रन बनाउँदै यसअघि श्रीलंकाका पूर्व कप्तान महिला जयवर्दनेको नाममा रहेको कीर्तिमान तोडे।
जयवर्दनेले २००७ को विश्वकपमा ५४८ रन बनाउँदै एउटै संस्करणमा सर्वाधिक रन बनाउँने कप्तानको कीर्तिमान बनाएका थिए। उक्त संस्करणमा श्रीलंका फाइनलमा अष्ट्रेलियासँग पराजित भएको थियो।
यस विश्वकपमा न्यूजिल्याण्डका लागि सर्वाधिक रन स्कोरर रहेका विलियम्सन सर्वाधिक स्कोररको सुचिमा भने चौथो स्थानमा छन्। यस विश्वकपमा उनले दुई शतक समेत प्रहार गरे।
गत संस्करणको उपविजेता न्यूजिल्याण्डले यस विश्वकपमा आइतबार इंग्ल्याण्डविरुद्ध फाइनल खेल खेलिरहेको छ।
3
Shares

प्रतिक्रिया