खेल


चार नेपाली प्रशिक्षकलाई एएफसीको ‘ए लाइसेन्स’, दुई जनाले पाए ‘प्रो लाइसेन्स’

चार नेपाली प्रशिक्षकलाई एएफसीको ‘ए लाइसेन्स’, दुई जनाले पाए ‘प्रो लाइसेन्स’

नेपालखबर
असार ४, २०७७ बिहिबार ९:२६,

नेपालका ४ प्रशिक्षकले एएफसी ए लाइसेन्स र २ प्रशिक्षकले प्रो लाइसेन्स प्राप्त गरेका छन्।

मोडल १ र मोडल २ को आधारमा गरिएको कोचिङ कोर्सबाट ४ जना प्रशिक्षकले एसियन फुटबल फेडेरेसन (एएफसी) लाइसेन्स पाएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।

विभागीय टोली नेपाल पुलिसका प्रशिक्षक अनन्तराज थापा, पुलिसकै चेतन घिमिरे, संकटा क्लबका प्रशिक्षक सल्यान खड्गी र बी डिभिजन क्लब बाँसबारी युथ क्लबका प्रशिक्षक चेतन घिमिरेले ए लाइसेन्स प्राप्त गरेका हुन्।

यस्तै त्रिभुवन आर्मी क्लबका प्रशिक्षक तथा व्यवस्थापन चुन बहादुर थापा र जापानमा एक फुटबल एकेडेमीका प्रशिक्षक रहेका बसन्त गौचन थकालीले प्रो लाइसेन्स पाएका छन्।

एएफसीले गत २०१९ डिसेम्बर १ देखि ८ मार्च २०२० सम्म काठमाडौंमा भएको कोचिङ कोर्सको नतिजा सार्वजनिक गरेको हो। कोचिङ कोर्समा नेपालका २३ भन्दा बढी प्रशिक्षकले भाग लिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad