खेल


सिजनकै उत्कृष्ट नतिजा निकाल्दा पनि खुशी हुन पाएन बार्सा!

सिजनकै उत्कृष्ट नतिजा निकाल्दा पनि खुशी हुन पाएन बार्सा!

नेपालखबर
साउन ५, २०७७ सोमबार ९:५२,

अलाभेसविरुद्ध उसकै मैदानमा ५–० को जित सिजनकै रबाफिलो बन्यो।

जितसँगै बार्सिलोनाले तीन अंक त बटुल्यो, तर सान्त्वना जित बाहेक त्यसको खास अर्थ रहेन।

किनभने यस खेल हारेकै भए पनि बार्सिलोनालाई अंक तालिकामा फरक पर्दैन थियो।

यस सिजनको ला लिगा उपाधि जित्ने संघारमा पुगेको बार्सिलोना अन्ततः उपाधिबाट बन्चित भएको हो।

बार्साले चार महत्वपूर्ण खेलमा राम्रो नतिजा ल्याउन नसक्दा सिजनको अन्तिम एक महिनामा उसका लागि बिर्सन लायक बन्यो।

(पछिल्लो एक महिनामा बार्साको खराब नतिजा)

१. जुन २० मा भएको खेलमा बार्साले सेभियासँग गोल रहित बराबरी खेले

२. जुन २७ मा भएको खेलमा बार्सा र सेल्टाभिगोले २–२ को बराबरी खेले

३. जुलाई १ मा बार्सा र एथ्लेटिको मड्रिडले २–२ को बराबरी खेले

४. जुलाई १७ मा भएको खेलमा बार्सा ओसासुनासँग २–१ ले पराजित भयो

Image may contain: 4 people, people playing sports, stadium and outdoor

एक महिना पहिलेसम्म बार्सिलोना शीर्ष स्थानमा थियो। तर केही खेलमा नतिजा आफ्नो पक्षमा पार्न नसक्दा बार्साले उपाधि गुमयो।

उसका मुख्य प्रतिस्पर्धी रियल मड्रिडले भने महत्वपूर्ण खेलमा कठिन जित निकाल्दै अंक बटुल्दै गयो जसले अन्ततः उसलाई च्याम्पियन बनायो।

मड्रिडका पछिल्ला नतिजा पेनाल्टीमा निर्भर थियो साथै कुनै खेलमा उसले एकै गोलले खेल जित्यो।

बार्सिलोना भने हार र बराबरीमा निरन्तर रोकियो र महत्वपूर्ण अंक गुमाउन बाध्य भयो।

बार्सालाई ५ अंकले जितेर यस सिजन मड्रिडले उपाधि हात पार्यो। मड्रिडले यस सिजन ८७ अंक बनायो भने बार्साले ८२ अंक बनायो।

सिजनको अन्तिम खेलमा उत्कृष्ट नतिजा ल्याएपनि बार्साका खेलाडीहरुले आइतबार जितको उत्सव मनाउन पाएनन्। किनभने उनीहरुले उपाधि गुमाइसकेका थिए।

खेलपछि पनि उनीहरु निराश देखिन्थे।

यसअघि कोपा डेल रे कप गुमाएको बार्सिलोनाले ला लिगा पनि गुमाएको हो। तर बार्साको यस सिजनको च्याम्पियन्स लिग सपना भने अझै बाँकी छ।

बार्साले अन्तिम १६ को खेलमा नापोलीसँग पहिलो लेगमा एक–एकको बराबरी खेलेको थियो। अब दोस्रो लेग अगष्ट ९ मा हुनेछ।

यसपटकको ला लिगा उपाधि गुमाए पनि बार्साका कप्तान लियोनल मेस्सीले व्यक्तिगत उपलब्धी भने हासिल गरेका छन्।

यस सिजन २५ गोल गरेका मेस्सी किर्तिमानी सातौं पीचीची अवार्ड प्राप्त गर्न सफल भएका हुन्। पीचीची अवार्ड ला लिगाको सर्वाधिक गोलकर्तालाई प्रदान गरिन्छ।

Image may contain: 8 people, stadium and outdoor

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad