राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड सदस्यमा ६ जना मनोनित भएका छन्।
राखेपमा नवनियुक्त पदाधिकारीले पदभार ग्रहण गरेको भोलिपल्ट बिहीबार ३७ सदस्यीय बोर्डका लागि युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले ६ जनालाई मनोनित गरेका हुन्।
राखेप सदस्य सचिव सिफारिस समितिको सदस्य रहेका रिम रानाभाट र इन्दिरा निरौला पनि परिषद् सदस्य नियुक्त भएका छन्। राखेपको अध्यक्षमा मन्त्री वा राज्यमन्त्री रहने व्यवस्था छ।
राखेपका पूर्व अधिकृत समेत रहेका चितवन २ का रानाभाट र ओखलढुंगा तलुवा १ की निरौला खेलकुद विज्ञ, खेलकुद प्रशिक्षक, खेलकुद प्राविधिक वा एन्टि डोपिङ विज्ञ मध्येबाट मनोनित गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।
त्यस्तै राष्ट्रिय खेल संघको सिफारिसमा काठमाडौं चपलीका अर्जुनबहादुर केसी, बाग्लुङ बिहु ४ का सम्पन्न श्रेष्ठ र चितवन भरतपुर १ का सुवास श्रेष्ठ तथा परम्परागत साहसिक तथा
पर्यटकीय खेलक्षेत्रको प्रतिनिधित्व हुने गरि गोविन्दप्रसाद भट्टराईलाई सदस्यमा मनोनित गरिएको जनाएको छ।
सोमबार मन्त्रीपरिषद्को बैठकले शिव कोइरालालाई उपाध्यक्ष र रमेशकुमार सिलवाललाई सदस्य सचिव नियुक्त गरेको थियो।
कोइराला र सिलवालले बुधबार पदभार ग्रहण गरेका थिए।

प्रतिक्रिया