कोरोना भाइरसको संक्रमणका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) को १९ औं साधारण सभा अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरिएको छ।
एन्फाले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै आगामी भदौ १५ गतेका लागि निर्धारण गरिएको साधारण सभा स्थगित गरेको जानकारी दिएको हो।
कोरोना संक्रमण अझै फैलनसक्ने उच्च जोखिमका कारण सर्तकता अपनाउनु पर्ने अनिवार्य भएकाले साधारण सभा स्थगित गरेको एन्फा प्रवक्ता किरण राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।


प्रतिक्रिया