गत जुलाई महिनामा दुईहप्तासम्म अमेरिकाका विभिन्न स्थानमा विद्यालयहरु सुचारु भएका थिए।
त्यसबीचमा ९७ हजार बालबालिका कोरोना संक्रमित बनेको अमेरिकन एकेडेमी अफ पेडियाट्रिस एन्ड दिन चिल्ड्रेन्स हस्पिटल एसोसिएसनको अनुसन्धानले जनाएको छ।
गत मे यता अमेरिकामा कोरोनाका कारण ८६ बालबालिकाको मृत्यु भइसकेको छ। विज्ञहरुले कोरोना प्रकोपबीच नै विद्यालयहरु नखोल्न सुझाव दिएका थिए।
तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने विद्यालयहरु खोलिनुपर्ने जिकिर गरेका थिए। हाल अमेरिका कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको छ। सीएनएन

प्रतिक्रिया