यूरोपियन च्याम्पियन्स लिगको फाइनलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन(पीएसजी) जर्मन क्लब बार्यन म्युनिख भिड्ने भएका छन।
बुधबार राति भएको दोस्रो सेमिफाइनलमा फ्रेन्च क्लब लियोनलाई ३-० गोल अन्तरले पराजित गर्दै बायर्नले पीएसजीसँगको उपाधि भिड्न्त पक्का गरेको हो।
पीएसजी यसअघि नै पहिलो सेमिफाइनलमा आरबी आइप्जिगलाई पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ।
लियोइविरुद्धको जितमा बायर्नका गनाब्रीले दुई तथा रोबर्ट लेवान्डोस्कीले एक गोल गरे।
खेलको १८ औं मिनेटमा गनाब्रीले गोल गर्दै बायर्नलाई अग्रता दिलाए। ३३ औं मिनेटमा उनले नै दोस्रो गोल गर्दै पहिलो हाफमा बायर्नलाई २-० को अग्रता दिलाए।
खेल सकिन दुई मिनेट बाँकी रहँदा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई ३-० को जितसहित फाइनलमा पुर्याए।

प्रतिक्रिया