खेल


बेलले भोलि नै मड्रिड छाडे राम्रो हुन्थ्योः जिदान

बेलले भोलि नै मड्रिड छाडे राम्रो हुन्थ्योः जिदान

नेपालखबर
साउन ५, २०७६ आइतबार ९:४०,

प्रिसिजनको पहिलो खेलमा आइतबार बिहान रियल मड्रिड र बायन म्युनिखबीच प्रतिस्पर्धा हुँदा बेल जिदानको नजरमा परेनन्।

मड्रिड बायनसँग उक्त खेलमा ३–१ ले पराजित भयो। खेलपछि आयोजित पत्रकार सम्मेलनमा जिदानले बेलबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

जिदानले भने,‘बेललाई टोलीमा समावेश गरिएन किनभने उनलाई क्लबले बेच्न चाहिरहेको छ।’

बेल र जिदानको सम्बन्ध पछिल्लो वर्ष निकै चिसिएको खबरहरु सार्वजनिक भएका छन्।

‘बेलले भोलि नै मड्रिड छाडे राम्रो हुन्थ्यो।’ जिदानले भने,‘यो मेरो र बेलबीच कुनै व्यक्तिगत विषय होइन्, तर मैल निर्णय गर्नुपर्छ, हामीले परिवर्तन चाहेका हौं।’

अबको केही दिनमै बेलले क्लब छाड्ने उनले संकेत गरेका छन्। बेल प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड र पूर्व क्लब टोटनह्याम जाने हल्ला चलेको छ।

जर्मन क्लब बार्यनमा समेत उनको चर्चा चलेको छ। यीमध्ये कुनै क्लब नभए बेल चीन जानेछन्।

बेलले भोलि नै क्लब छाडे हुन्थ्यो भन्ने जिदानको अभिव्यक्तिपछि बेलका एजेन्ट जोनाथन बरनेटले एएफपीसँग जिदान कलंक व्यक्ति भएको बताए। उलने बेललाई सम्मान नगरको धारणा राखे। बीबीसीमार्काको सहयोगमा

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad