खेल


ला लिगाको यस्तो भनाइपछि मेस्सीलाई बार्सा छाड्न मुस्किल

ला लिगाको यस्तो भनाइपछि मेस्सीलाई बार्सा छाड्न मुस्किल

नेपालखबर
भदौ १५, २०७७ सोमबार ७:२५,

मेस्सीले फ्रि–ट्रान्सफरमा बार्सिलोना छाड्न चाहिरहेका छन्। तर क्लबले ७ सय मिलियन युरो रिलिज क्लज कुनै क्लबले तिरेमात्र मेस्सीलाई अन्य क्लबमा जान दिने बताएको छ।

ला लिगाले पनि बार्सालाई समर्थन जनाएको हो। मेस्सी र क्लबबीचको सम्झौताअनुसार मेस्सीले गत जुन १० भन्दा अगाडि बार्सा छाड्न चाहेको भए उनी फ्रि–ट्रान्सफरमा क्लब छाड्न सक्थे।

तर जुन १० कटेको धेरै भइसकेको अवस्थामा फ्रि–ट्रान्सफरको अवधि सकिएकाले मेस्सीले सम्झौता अनुसार अझै आगामी वर्षसम्म खेल्नुपर्ने हुन्छ। ला लिगाले पनि आइतबार मेस्सीलाई अनुबन्ध गर्न रिलिज क्लज तिर्नुपर्नेमा जोड दिएको छ।

कोरोनाका कारण खेलहरु प्रभावित हुँदा मेस्सीले त्यसबेला आफ्नो ट्रान्सफरबारे कुरा गरेका थिएनन्।

क्लबले मेस्सीको भनाइलाई अस्वीकार गरिरहँदा मेस्सी पनि आइतबार क्लबले गराएको कोरोना परीक्षणमा उपस्थित भएनन्।

मेस्सीको रिलिज क्लज फि निकै उच्च भएका कारण उनलाई अनुबन्ध गर्न चाहने क्लबले पनि उनलाई खरिद गर्न नसक्ने अनुमान गरिएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad