कला


भ्रष्टाचारविरुद्धको गीत प्रतियोगिता हुँदै, पुरस्कार राशि १ हजार डलर, यस्ता छन् शर्त

भ्रष्टाचारविरुद्धको गीत प्रतियोगिता हुँदै, पुरस्कार राशि १ हजार डलर, यस्ता छन् शर्त

नेपालखबर
भदौ १५, २०७७ सोमबार ७:४५,

हेम सरिता पाठक फाउन्डेसनले एक हजार डलरको ‘भ्रष्टाचारविरुद्धको गीत प्रतियोगिता’ गर्ने जनाएको छ। उत्कृष्ट शब्दलाई यो प्रतियोगितामा पुरस्कृत गरिने र प्रतियोगिताको समय आगामी २०७७ मंसिर मसान्तसम्म तोकिएको संयोजक राधेश्याम लेकालीले प्रेषित गरेको पत्रमा उल्लेख गरेका छन्।

अमेरिकामा बसोबास गर्दै आएका समाजसेवीहरु हेम पाठक र सरिता पाठकले सो रकमको व्यवस्था गरेका हुन्। यसअघि पनि एक हजार डलरको ‘भ्रष्टाचार विरुद्धको कविता प्रतियोगिता’ घोषणा भइसकेको छ।

फाउन्डेसनले पत्रकारिताका अलावा सङ्गीत र साहित्यमा पुरस्कारहरु प्रदान गर्दै आएको छ। यस्तै नेपालमा स्कुल सञ्चालन, विपन्न वर्गको लागि घर निर्माण र आयमूलक कार्यक्रमको लागि रकम अनुदानसमेत उपलब्ध गराउँदै आएको छ।

फाउन्डेसनका अनुसार गीतको विषय सन्दर्भ भ्रष्टाचारविरूद्ध चेतना जगाउने खालको हुनुपर्नेछ।

प्रतियोगितामा भाग लिन गीत पठाउने नियम यस्ता छन्–

१.आफ्नो गीत इमेल मार्फत पठाउनुपर्नेछ।

२.गीत रेकर्ड गरेको हुनुपर्नेछ।

३. कुनै पनि राजनैतिक पूर्वाग्रह र गालीगलौज, साम्प्रदायिक भावनालाई प्रोत्साहित गर्ने विचारहरू र अश्लील शब्दको प्रयोग गरिएको पाइएमा त्यस्ता गीतहरू स्वतः अस्वीकृत हुनेछन्।

४. एक जना गीतकारले एउटा मात्र गीत पठाउन सक्नेछन्। एकभन्दा बढी आएमा स्वतः बदर हुनेछन्।

५. गीत नितान्त नयाँ र मौलिक हुनुपर्नेछ। गीतकारले आफ्नो रचनाका साथमा आफ्नो छोटो परिचय, पासपोर्ट साइजको फोटो र सम्पर्क ठेगाना पनि पठाउनुपर्नेछ।

६. प्रतियोगिताका लागि प्राप्त गीतमा अरू कसैको गीतको अंश या नक्कल गरिएको पाइएमा स्वतः अस्वीकृत हुनेछ।

७. प्रतियोगिताको निर्णयमा कुनै पनि विवाद आएमा अन्तिम निर्णय संयोजकको रहनेछ।

८. गीत प्राप्त हुनुपर्ने अन्तिम दिन २०७७ मङ्सिर मसान्तसम्म हुनेछ।

९. पुरस्कारः नगद १००० अमेरिकी डलर (प्रमाणपत्रसहित) हुनेछ।

१०. यो प्रतियोगिता उत्कृष्ट शब्दको लागि मात्र हुने स्पष्ट गरिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad