खेल


भर्खरै बढुवा भएको टिमसँग हार्‍यो साविक विजेता पीएसजी

भर्खरै बढुवा भएको टिमसँग हार्‍यो साविक विजेता पीएसजी

नेपालखबर
भदौ २६, २०७७ शुक्रबार ३:२५,

यसै सिजनमा बढुवा भएको टोली लेन्ससँग पराजित हुँदै साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिग वानको सुरुवात गरेको छ।

बिहिबार राति भएको खेलमा पीएसजी लेन्ससँग १–० ले स्तब्ध बनेको हो।

मुख्य खेलाडी बिनै मैदान उत्रिएको पीएसजीलाई हार चखाउन ५७औं मिनेटमा लेन्सका इग्नाटियस गनागोले निर्णायक गोल गरे।

कोरोना महामारीका बीच पनि झण्डै ५ हजार दर्शकको उपस्थितीमा उक्त खेल आयोजना भएको थियो।

पीएसजीले पछिल्ला ८ सिजनमा ७ पटक लिग वानको उपाधि जितेको छ।

गत सिजन कोरोना भाइरसका कारण सिजन रद्द भएपनि पीएसजीलाई लिग विजेता घोषित गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .