खेल


आइपीएलको पहिलो खेलमा सन्दीपले मौका पाएनन

आइपीएलको पहिलो खेलमा सन्दीपले मौका पाएनन

नेपालखबर
असोज ४, २०७७ आइतबार १३:४०,

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को पहिलो खेलमा मौका पाएनन।

सन्दीपको टोली दिल्ली क्यापिटल्सले आफ्नो पहिलो खेलमा अहिले किंग्स एल्यावेन पन्जावविरुद्ध खेल्दैछ।

टस हारेर पहिले ब्याटिङ गरिरहेको दिल्लीले विदेशी खेलाडीका रुपमा मार्कुस स्टोइन्स, कासिगो राबाडा, अन्रिच नोरटिजे र सिमरोन हटमेयरलाई मैदान उतारेको छ। 

आइपीएलको नियमानुसार एक टोलीले एक खेलमा चार विदेशी खेलाडीलाई मैदान उतार्न पाउँछ। 

त्यसबाहेक दिल्लीको सुरुवाति-११ मा पृथ्वी शां, शिखर धवन, श्रेयस ऐयर, ऋशब पन्त, अक्सर पटेल, रविचन्द्रन आश्विन र मोहित शर्मा छन।

यसअघि सन्दीपले वेष्ट इण्डिजको क्यारेबियन प्रिमियर लिगको ११ खेलमा १२ विकेटसहित उत्कृष्ट प्रदर्शन गरेका थिए। 

वेष्टइन्डिजबाट यूएई आएर ६ दिन क्वारेन्टिन बसेका उनी शनिबारमात्रै क्वारेन्टिनमुक्त भएका थिए। 

आइपीएलमा सन्दीपको यो तेस्रो सिजन हो। यसअघि पहिलो सिजनमा सन्दीपले ३ खेलमा ५ विकेट र दोस्रो सिजनमा ६ खेलमा ८ विकेट लिइसकेका छन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad