च्याम्पियन्स लिगमा मंगलबार राति भएको खेलमा क्रिस्टियानो रोनाल्डो चम्किदा यूभेन्ट्सले बार्सिलोनालाई पराजित गरेको छ।
बार्सिलोनाकै मैदानमा भएको खेलमा रोनाल्डोले दुई गोल गरेपछि यूभेन्ट्सले ३-० को सानदार जित हात पारेको हो।
खेलको १३ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै यूभेन्ट्सलाई अग्रता दिलाएका थिए। रोनाल्ड अरौजाले डी बक्सभित्र रोनाल्डोलाई लडाएपछि रेफ्रीले दिएको पेनाल्टीमा उनले गोल गरेका थिए।
यस्तै २० औं मिनेटमा वेस्टन मकेनीले जान क्वाडराडोको क्रसमा गोल गर्दै यूभेन्ट्सको अग्रता दोब्बर पारे।
५२औं मिनेटमा क्लेमेन्ट लेङलेटले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि रेफ्रीले यूभेन्ट्सलाई पुन: पेनाल्टी दिए। त्यसलाई रोनाल्डोले गोलमा परिणत गर्दै युभेन्टसलाई ३-० को जित दिलाए।
मेस्सीले भने पोस्टमा सात पटक प्रहार गरेपनि गोल गर्न सकेनन।
यस जितसँगै युभेन्टस समूह जीको शीर्ष स्थानमा रहेर अन्तिम १६ मा प्रवेश गरेको छ। युभेन्ट्स र बार्सिलोना दुवैको ६ खेलमा १५ अंक भएपनि हेड टु हेडमा युभेन्टस अघि रहेको हो।
Shares

प्रतिक्रिया