छापा खबर


त्यतिबेला युवराज दीपेन्द्रकी ‘राजकुमारी’ बन्न नपाएकी युवतीले रोजिन् जर्नेल, केही दिनमै हुँदैछ विवाह

त्यतिबेला युवराज दीपेन्द्रकी ‘राजकुमारी’ बन्न नपाएकी युवतीले रोजिन् जर्नेल, केही दिनमै हुँदैछ विवाह

नेपालखबर
मंसिर २४, २०७७ बुधबार २:२,

‘राजकुमारी’ बन्न नसकेकी एउटी दुःखी चेली ढिलोगरी वैवाहिक जीवनमा प्रवेश गर्दैछिन्।

प्रचार गरिएको छ–०५८ जेठ १९ मा राजा वीरेन्द्रको वंशनाश हुनुमा एकजना युवती अप्रत्यक्ष कारक थिइन्।

आजको जनआस्था साप्ताहिक अगाडि लेख्छ–तिनीसँग दीपेन्द्रको विवाह गराउनेमा रानी ऐश्वर्य र मुमा बडामहारानी रत्नको जोड थियो। दीपेन्द्रको मनचाहीँ मोहनशमशेरकी पनातिनी अर्थात् राप्रपा नेता पशुपतिशमशेरकी छोरी देवयानीतिर गयो।

दीपेन्द्रकी आमा रानी ऐश्वर्यको माइती जुद्धशमशेर खलक, तर छोराको मनचाहीँ जुद्ध खलकसँग पारिवारिक टकराव रहेको चन्द्रको सन्तानमा बसेको। यसैलाई दरबारभित्र सम्साँझै गोली चल्नुको कारण मानिन्छ। त्यसमा वीरेन्द्रको पूरै वंशसहित केही भारदार मारिएका थिए।

उक्त घटनालाई लिएर चर्चामा आउने गरेकी पात्र हुन्, सुप्रिया शाह। मुमाबडामहारानी रत्नका अंगरक्षक प्रदीपविक्रम शाहकी छोरी। जसले जीवनको झण्डै आधा उमेर एक्लै विताएर यही मंसिरमा सिउँदो रंगाउँदै छिन्।

सुप्रियाले दरबार हत्याकाण्डको झण्डै २० वर्षपछि एक जर्नेलसँग दाम्पत्य कायम गर्दैछिन्। सुप्रियाका नवपति हुन्–दुईतारे जर्नेल विनयविक्रम राणा।

दरबार हत्याकाण्डको थोरै अघिसम्म राजा वीरेन्द्रको अंगरक्षक रहेका जर्नेल शान्तकुमार मल्लकी छोरीसँग वैवाहिक सम्बन्ध टुटेपछि विनयविक्रमले सुप्रियालाई पत्नीको रुपमा रोजेका हुन्।

यो विवाहको अवसरमा लाजिम्पाटस्थित होटल शंकरमा आजदेखि तीन दिनसम्म भव्य भोज चल्दै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad