समाज


अरेबियन र इन्डियन सागरमा विकसित न्यून चापीय प्रणालीको आंशिक प्रभाव, ३ दिन मौसम यस्ताे रहने अनुमान

अरेबियन र इन्डियन सागरमा विकसित न्यून चापीय प्रणालीको आंशिक प्रभाव, ३ दिन मौसम यस्ताे रहने अनुमान

नेपालखबर
मंसिर २४, २०७७ बुधबार २:२,

दक्षिणपूर्वी अरेबियन सागर र इन्डियन सागरमा विकसित न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालको मौसममा परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आज (बुधबार) बिहान ६ बजे जारी गरेको ‘मौसम पूर्वानुमान बुलेटिन’अनुसार यतिबेला प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्र र प्रदेश नम्बर २ मा आंशिक बदली छ भने बाँकी स्थानमा मौसम सामान्यतय सफा छ।

यस्तो छ आगामी ३ दिनको मौसम अनुमान

मंसिर२४गते (बुधबार)

दिउँसो : प्रदेश नं १, प्रदेश न २, बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

राती : प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली तथा गण्डकी प्रदेशका  पहाडी भू-भागहरू र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागहरूमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

मंसिर२५गते (बिहीबार)

दिउँसो : प्रदेश नं १ का पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली र प्रदेश नम्बर २ मा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

राती : प्रदेश नं १ का पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

 मंसिरगते (शुक्रबार)

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहने छ। पश्चिमी र मध्य उच्च हिमाली भूभागमा हल्का हिमपात र प्रदेश १ को पहाडी भूभागका एक-दुई स्थानमा हल्का/फाटफुट वर्षाको सम्भावनासमेत छ।

राती : देशभर आंशिकदेखि सामान्य बदली रही हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

देशका धेरै स्थानको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भूभागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad