खेल


राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको स्पोर्ट्स अवार्डलाई प्लाजा होटल ग्रुपको साथ

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको स्पोर्ट्स अवार्डलाई प्लाजा होटल ग्रुपको साथ

नेपालखबर
माघ २८, २०७७ बुधबार १२:९,

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले गर्ने स्पोर्ट्स अवार्डको हस्पिटालिटी पार्टनरका रुपमा प्लाजा होटल ग्रुपले साथ दिएको छ।

एनएनआईपीएले बुधबार एक पत्रकार सम्मेलन गर्दै आगामी २ वर्षका लागि प्लाजा होटल ग्रुपले प्रायोजन गर्ने जनाएको हो।

सम्झौतापत्रमा एनएनआइपीएका अध्यक्ष दिपक श्रेष्ठ र प्लाजा होटल ग्रुपका अध्यक्ष युवराज श्रेष्ठले हस्ताक्षर गरे।

अवार्डमा सम्मानित हुन बाहिरबाट आउने खेलाडीलाई आतिथ्य प्रदान गर्नका लागि प्लाजा होटल ग्रुपले प्रायोजन गरेको एनएनआईपीएका अध्यक्ष दिपक श्रेष्ठले जानकारी दिए।

भक्तपुरको मधयपुर थिमी नगरपालिकास्थित दुई पोखरीमा हुने अवार्डमा २६ खेलका खेलाडीलाई सम्मानित गरिनेछ। अवार्डमा यसपटकदेखि राइजिङ प्लेयर अफ दि इयर अवार्ड विधा थप गरिएको छ।

सो विधालाई स्काई ब्रान्ड नेपालले प्रायोजना गरेको छ। समान ५० हजार रुपैयाँ रुपैयाँ पुरस्कार राशी रहेको राइजिङ प्लेयर अवार्डबाट एक महिला र एक पुरुषलाई सम्मानित गरिनेछ।

गत वर्ष स्वदेशमा भएको १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा समावेश २६ खेलका भविष्यमा उत्कृष्ट प्रदर्शन गर्ने सम्भावना देखिएका एक महिला र एक पुरुषलाई राइजिङ प्लेयर अफ दि इयर अवार्ड प्रदान गरिनेछ।

एनएनआईपीएको सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीका लागि समान १ लाख रुपैयाँको पुरस्कार ग्लोबल आईएमई बैंकले प्रायोजन गर्दै आएको छ। त्यस्तै प्रतिभावान महिला र पुरुष खेलाडीका लागि समान ५० हजार रुपैयाँ युएसए एभरेष्ट तेक्वान्दोले प्रायोजन गर्दै आएको छ।

अघिल्लो वर्षभर गरेको प्रदर्शनको आधारमा सम्बन्धित राष्ट्रिय संघले गरेको सिफारिसका आधारमा विभिन्न खेलका खेलाडीलाई एनएनआईपीए वर्षको उत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित गरिदै आएको छ। ती उत्कृष्ट खेलाडीले सम्बन्धित संघ र एनएनआइपिएको सहकार्यमा समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

सोही अवार्ड समारोहमा १ जना खेलकर्मीलाई गजराज जोशी आदर्श खेलाडी र १ जना खेलकुद पत्रकार वा खेलकुद फोटो पत्रकार लाई एनएनआईपीए खेल पत्रकारिताबाट पुरस्कृत गरिने संघले जनाएको छ। स्पोर्टस् अवार्ड आगामी फागुन ८ गते हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad