बढुवा भएको टोली नर्विच सिटीलाई शुक्रबार राति भएको उद्घाटन खेलमा ४-१ ले पराजित गर्दै लिभरपुलले उपाधि जित्ने सपनाको सुरुवात गरेको हो।
नर्विचका कप्तान ग्रेन्ट हेन्लेको आत्मघाती गोल यस सिजनको पहिलो गोल बन्न पुग्यो। खेलको ७औं मिनेटमा डिभोक ओर्गीको क्रसलाई बचाउने क्रममा बल उनको खुट्टामा लाग्दै आफ्नै पोस्टमा गएको थियो।
१९औं मिनेटमा मोहम्मद सलाहले रोर्बटो फर्मिनोको पासमा पोस्ट नजिकबाटै सहज गोल गरे। लगत्तै नर्विचका जर्मनका मिडफिल्डर मार्को स्टिपरमेनले गरेको प्रहारलाई लिभरपुलका गोलरक्षक अलिसानले सुन्दर बचाउ गरेका थिए।
२८औं मिनेटमा सलाहको कर्नरमा भिर्जिल भान डिजेकले लिभरपुलका लागि तेस्रो गोल गरे। पहिलो हाफ सकिन ३ मिनेट बाँकी रहँदा ट्रेन्ट अलेक्जेन्डर अर्नाडले मध्यभागबाट दिएको पासमा ओर्गीले डीबक्स नजिकैबार हेडिङ गर्दै चौथो गोल गरे।
पहिलो हाफमा बल प्रहार गर्ने क्रममा लिभरपुलका किपर अलिसान चिप्लिदा उनले मैदान छाड्नुपर्यो। उनका स्थानमा बाँकी समय नयाँ गोलकिपर आन्ड्रिएनले गोल पोस्ट सम्हालेका थिए।
दोस्रो हाफको ६४औं मिनेटमा टिमु पुक्किले एक गोल फर्काउँदै हार अन्तर घटाए। दोस्रो हाफमा भने लिभरपुलले कुनै गोल थप्न सकेन। नर्विचका किपर टिम क्रुउलले फिर्मिनोको भली, अलेक्जेन्डरको फ्रिकिकको सहज बचाउ गरेपछि खेलमा थप गोल हुन सकेन्।
म्यान अफ द म्याच: डिभोक ओर्गी, लिभरपुल
के भन्छन् प्रशिक्षक?
लिभरपुलका प्रशिक्षक योर्गन क्लोप: पहिलो ६० मिनेटमा हामी एकदमै राम्रो देखियौं। त्यसपछि हामीले खेललाई कन्ट्रोलमा ल्याउन संघर्ष गर्नुपर्यो। नर्विचप्रति मेरो सम्मा छ। उनीहरु आफ्नो फुटबलमा इन्ज्वाय गर्छन। नर्विचले गोल गर्नुअघि दोस्रो हाफको सुरुवातमा हामीले १-२ गोल थप्न सक्नुपर्छ। त्यसपछि हामी खतरामा हुन्थेनौं। समरको खेलाडीहरुको विदा थियो।तर विदामा पनि उनीहरुले आफ्नो शारिरिक अवस्था बिगारेनन्। हामीले बाँकी दुई खेलमा पनि स्मार्ट फुटबल खेल्नुपर्छ। हामीले केही निर्णयहरु गर्नुपर्नेछ र बाँकी दुबै खेलहरु जित्नुपर्नेछ।
नर्विचका प्रशिक्षक ड्यानियर फर्के: हामी असन्तुष्ट छौं। हामी यहाँ(एनफिल्ड) ढाईवर्षपछि जित्ने पहिलो टिम बन्न चाहान्थ्यौं। तर हाम्रो टिमलाई म मायाँ गर्छु। उत्साही समर्थकहरुका माझ विपक्षीको घरेलु मैदानमा मानसिक रुपमा हामीले दोस्रो हाफ जितेका थियौं।
खेलपछि स्थापित तथ्यहरु
अब के?
लिभरपुले आगामी बुधबार स्तानबुलमा हुने यूएफा सुपर कपमा चेल्सीको सामना गर्नेछ। यस्तै १७ अगष्टमा नर्विचले न्यूक्यासलसँग प्रिमियर लिगको दोस्रो खेल खेल्दैछ।
भिडियो हाइलाइट्स

प्रतिक्रिया