खेल


रुपन्देही सुपरलिग : तिरुपति क्रिकेट क्लब विजयी

रुपन्देही सुपरलिग : तिरुपति क्रिकेट क्लब विजयी

प्रकाश न्यौपाने
फागुन २१, २०७७ शुक्रबार ९:५,

रुपन्देहीको भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको डिभिजन ‘ए’ को समूह ‘सी’को खेलमा तिरुपति क्रिकेट क्लबले तिलोत्तमा क्रिकेट क्लबलाई २ विकेटले पराजित गरेको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको तिलोत्तमा निर्धारित ५० ओभरको खेलमा २९.५ ओभरमा सबै विकेट गुमाउँदै ८७ रनमै समेटियो।

उसका लागि मनोज सुनारले १८, अनिल खत्रीले नटआउट १५ र विकल क्षेत्रीले ११ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। बलिङमा तिरुपतिका विपिन न्यौपानेले ८ ओभरमा ३६ रन खर्चेर ४ विकेट लिए। यस्तै, वसिर अहम्मदले ३ तथा तुलबहादुर थापा र प्रदीप जैसवालले समान १-१ विकेट लिए।

जवाफी व्याटिङ गरेको तिरुपतिले १७.५ ओभरमा ८ विकेटको क्षतिमा ९१ रन बनाउँदै जित निकाल्यो। उसको जितमा तुलबहादुर थापाले नटआउट ४० र विवेक न्यौपानेले ११ रन बनाए।

बलिङमा तिलोत्तमाका विष्णु कटरिया र कृष्ण पराजुलीले समान ३÷३ तथा यमबहादुर क्षेत्रीले २ विकेट लिए। तिरुपतिका विपिन न्यौपाने म्यान अफ द म्याच भए। शनिबार डिभिजन ‘ए’ को लुम्बिनी खुकुरी क्रिकेट क्लब र सैनामैना क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जनाकारी दिए।

प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन्। यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर, उदयीमान खेलाडी र म्यान अफ द फाइनललाई ५-५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad