खेल


आरबीबी एनभीए कप भलिबलमा पुरुषतर्फको विजेता बन्यो टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब

आरबीबी एनभीए कप भलिबलमा पुरुषतर्फको विजेता बन्यो टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब

नेपालखबर
चैत २६, २०७७ बिहिबार ८:१५,

टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब पाँचौ संस्करणको आरबीबी एनभीए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबलको पुरुषतर्फको च्याम्पियन बनेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद ९राखेप० को कभर्डहलमा बिहीबार भएको फाइनलमा हेल्प नेपालले विभागीय नेपाल एपीएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

एकपक्षीय बनेको खेलमा तीन भारतीय खेलाडी सम्मिलित हेल्प नेपालले पहिलो सेट २५–१४ ले सहजै आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा २५–२० को सहज जित निकालेको हेल्प नेपालले तेस्रो सेटमा २५–२२ को जित निकाल्दै च्याम्पियन बन्न सफल भयो ।

tiptop vs apf101

उपाधिसँगै हेल्प नेपालले ३ लाख रुपैयाँ हात पारेको छ । दोस्रो भएको एपिएफले १ लाख ७५ हजार, तेस्रो भएको बुलबुले रारा भलिबल क्लबले ७५ हजार तथा चौथो भएको नेपाल पुलिस क्लबले ३७ हजार ५ सय रुपैयाँ प्राप्त गरेको छ।

महिलातर्फ उपाधिका लागि होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब र विभागीय नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदै छ।

tiptop vs apf102

१९ चैतबाट सुरु भएको प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ ६ टोलीले प्रतिस्पर्धा गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad