नेपाल पत्रकार महासंघको बुधबार सम्पन्न निर्वाचनमा दुई जिल्ला समितिमा महिला नेतृत्व निर्वाचित भएका छन्।
महासंघको कास्की अध्यक्षमा विमला भण्डारी विजयी भएकी छन् भने धनुषा जिल्लाको अध्यक्षमा मोनिका झा निर्वाचित भएकी छन्।
कास्की अध्यक्षको निर्वाचनमा अर्का प्रतिस्पर्धी केशवशरण लामिछानेलाई पराजित गर्दै भण्डारी महासंघको जिल्ला नेतृत्वमा पुगेकी हुन्।
यसैगरी धनुषाको जिल्ला अध्यक्षमा मोनिका झा निर्वाचित भएकी छन्। उनले पुरन गुप्तालाई पराजित गरेकी हुन्।
बुधबार भएको मतदानको गणना हुँदा बिभिन्न जिल्ला र प्रदेशका नेतृत्व निर्वाचित भइसकेका छन् केहीमा गणना जारी छ।
त्यसैगरी, केन्द्रका पदाधिकारी र सदस्यहरुको मतगणना पनि जारी छ।
बिहीबार दिउँसो सम्मको मतगणनाअनुसार विपुल पोखरेल नेतृत्वको प्यानलले स्पष्ट अग्रता कायम राखेको छ।

प्रतिक्रिया