खेल


त्रिदेशीय सिरिजः सर्वाधिक विकेट लिने ५ मध्ये ४ खेलाडी नेपालकै

त्रिदेशीय सिरिजः सर्वाधिक विकेट लिने ५ मध्ये ४ खेलाडी नेपालकै

लक्ष्मी जि.सी
बैशाख १२, २०७८ आइतबार ११:१०,

काठमाडौँमा सम्पन्न त्रिदेशीय टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट सिरिजको उपाधि नेपालले उचालेको छ। यो सिरिजमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले सर्वाधिक विकेट लिए।

त्यति मात्र होइन, सिरिजमा बलिङ गरेका २७ बलरमध्ये सर्वाधिक विकेट लिने खेलाडीको सूचीको शीर्ष चारमा नेपाली खेलाडी छन्। युवा खेलाडीले भरिएको नेपाली टोलीले यो सिरिजमा सानदार प्रर्दशन गर्दै ११ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो। सिरिजमा सर्वाधिक विकेट लिने ५ खेलाडीको चर्चा तल गरिएको छ।

Sandeep11Baisakh77

सन्दीप लामिछाने (नेपाल)
लामिछाने पाँच खेलमा एक्लैले १३ विकेट लिए। सन्दीपले १९ दशमलव ५ ओभरमा १ सय ६३ रन खर्चेर १३ विकेट लिएका हुन्। १२ दशमलव ५३ औसत रहेको उनको इकोनोमी ८ दशमलब २१ छ।

सिरिजको पहिलो खेलमा सन्दीपले २२ रन खर्चेर २ विकेट लिएका थिए। मलेसियासँगको पहिलो खेलमा सन्दीपले २ विकेट लिन २५ रन खर्चे। नेदरल्यान्ड्ससँगको दोस्रो खेलमा ४ विकेट लिएका उनले ४८ रन दिएका थिए। मलेसियासँगको खेलमा ४२ रन खर्चेर ३ विकेट लिएका थिए। सिरिजको फाइनल खेलमा सन्दीपले २६ रन दिएर २ विकेट लिए।

KaranKC 11Baisakh77

करण केसी (नेपाल)
नेपाली राष्ट्रिय टोलीका अलराउन्डर करण केसीले ७ विकेट लिए। १६ दशमलव ४२ औसत रहेको करणको इकोनोमी ६.५७ रह्यो। सिरिजमा ७ विकेट लिन उनले १ सय १५ रन खर्चे।

सिरिजका ५ मध्ये २ खेलमा विकेटविहीन रहेका करणले मलेसियासँगको दोस्रो खेलमा विष्फोटक ब्याटिङ गरेका थिए। मात्र एक छक्कालेसर्वाधिक छिटो अर्धशतक हान्ने कीर्तिमान बनाउन उनले सकेनन्। नेदरल्यान्ड्ससँगको पहिलो खेलमा २२ रन खर्चेका उनी विकेटविहीन रहे। मलेसियासँगको पहिलो खेलमा १७ रन खर्चेर ३ विकेट लिएका करणले दोस्रो खेलमा भने २७ रन खर्चे पनि विकेट झार्न सकेनन्।

नेदरल्यान्ड्ससँगको दोस्रो खेलमा १ विकेट लिएका उनले कुनै विकेट लिन सकेनन्। फाइनल खेलमा भने करणले ११ रन खर्चेर ३ विकेट लिएका थिए।

कमलसिंह ऐरी (नेपाल)
मलेसियासँगको दोस्रो खेलबाट टी–ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यु गरेका कमलसिंह ऐरीले पहिलो खेलमै ३ विकेट लिए। कमलले २ खेलमा ३८ रन खर्चेर ५ विकेट झारे। ७.६० औसत रहेको कमलको इकोनोमी ५.३० छ।

नेदरल्यान्ड्सँगको फाइनल खेलमा उनले २२ रन खर्चेर २ विकेट लिए।

Sompal 11Baisakh77

सोमपाल कामी (नेपाल)
सोमपालले सिरिजका ५ खेलमा ५ विकेट लिए। जसका लागि जम्मा ८५ रन खर्चे। उनको औसत १७ रहँदा इकोनोमी ५.३१ छ।

सिरिजको पहिलो खेलमा सोमपालले १ विकेट लिन १३ रन दिए। नेदरल्यान्ड्ससँगको दोस्रो खेलमा २३ रन खर्चे पनि विकेट लिन नसकेका सोमपाल ब्याटिङतर्फ भने २१ रनमा नटआउट रहे। मलेसियासँगको पहिलो खेलमा १३ रन खर्चेर १ विकेट लिएका उनले दोस्रो खेलमा २० रन खर्चेर ३ विकेट लिए। ब्याटिङतर्फ पनि २ रन जोडे। सिरिजको फाइनल खेलमा भने १६ रन खर्चिंदा विकेट भने लिन सकेनन्।

थोमस सेबास्टियन ब्राट (नेदरल्यान्ड्स)
नेदरल्यान्ड्सका थोमस सेबास्टियन ब्राटले सिरिजभर ५ विकेट लिए। ३ खेल मात्र खेलेका उनले ९२ रन खर्चेर ५ विकेट लिए। १८.५० औसत रहेको उनको इकोनोमी ११.५० छ।

मलेसियासँगको पहिलो खेलमा उनले २ विकेट लिन ५० रन दिए। मलेसियासँगकै दोस्रो खेलमा उनले २ विकेट लिन १४ रन खर्चे।

नेपालसँग भएको सिरिजको फाइनल खेलमा २८ रन दिएर १ विकेट लिए। ब्याटिङतर्फ भने २६ रनमा नटआउट रहे।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .