यूरोपियन च्याम्पियनसिपमा स्पेनलाई १-१ को बराबरीमा रोकेसँगै पोल्याण्डले नकआउट चरणमा पुग्ने सम्भावना जीवितै राखेको छ।
शनिबार राति भएको खेलमा अल्भारो मोराटाको गोलमा स्पेनले अग्रता लिएको थियो। पोल्याण्डबाट रोबर्ट लेवान्डोस्कीले बराबरी गोल फर्काए।
पराजित भएको खण्डमा पोल्याण्डको अन्तिम १६ को यात्रा समाप्त हुने अवस्था थियो। तर लेवान्डोस्कीले जारी यूरोकपमा पहिलो गोल गर्दै पोल्याण्डको उद्धार गरे।
योसँगै तीन पटकको यूरोकप विजेता स्पेन सुरुवाती दुवै खेलमा बराबरीमा रोकिएको छ। पहिलो खेलमा स्वीडेनले स्पेनलाई बराबरीमा रोकेको थियो।
समूह ई मा २ अंकसहित स्पेन तेस्रो र १ अंक रहेको पोल्याण्ड अन्तिम स्थानमा छ। ४ अंकसहित फ्रान्स शीर्ष र ३ अंकको जर्मनी दोस्रो स्थानमा छन।

प्रतिक्रिया