ad ad

खेल


फ्लड लाइटको उज्यालोमा विराट गोल्डकप फुटबल (तस्बिरहरु)

फ्लड लाइटको उज्यालोमा विराट गोल्डकप फुटबल (तस्बिरहरु)

विराटनगरमा सुरु रात्रिकालीन विराट गोल्डकप। तस्बिर : ध्रुव भट्टराई/नेपालखबर


ध्रुव भट्टराई
चैत ९, २०७९ बिहिबार २०:७, विराटनगर

विराटनगरको सहिद रंगशालामा बिहीबारदेखि रात्रिकालीन विराट गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ।

साँझ ७ बजेदेखि शुरु भएकाे प्रतियाेगिताकाे उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेका छन्।

उद्घाटन खेल आयोजक विराटनगर सिटी फुटबल क्लब र नेपाल प्रहरीबीच भइरहेको छ।

प्रतियोगिताको दोस्रो खेल चैत १० गते नेपाल आर्मी र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ।

यस्तै तेस्रो खेल चैत ११ गते सशस्त्र प्रहरी र भुटानको ड्रुक लयुल फुटबल क्लबबीच हुनेछ। यस्तै चैत १२ गते संकटा क्लब (एस.बी.एस.सी) र भारतको लुका सकर क्लबबीच हुनेछ।

प्रतियोगिताको सेमिफाइनल खेलहरू चैत १३ र १४ गते हुनेछ भने फाइनल खेल १६ गते हुनेछ।

प्रतियोगिताको विजेताले २० लाख १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएको छ। आयोजकले गत संस्करणमा १५ लाख १५ हजार रहेको पुरस्कार राशिमा ५ लाख वृद्धि गरेर २० लाख १५ हजार पुर्‍याएको हो।

आयोजक विराट गोल्ड कप ट्रष्टका अध्यक्ष सन्तोष बानियाँका अनुसार उपविजेता हुने टिमले १० लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ। गत संस्करणमा उपविजेताले ७ लाख ५१ हजार प्राप्त गरेको थियो।

यसपटक विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई नगद २५ हजार रुपैयाँ, हरेक दिनको प्लेयर अफ दि म्याचलाई नगद ११ हजार रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ।

आयोजकले क्वाटरफाइनलसम्मको खेलका लागि प्रति टिकट २ सय रुपैयाँ निर्धारण गरेको छ। सेमिफाइनल र फाइनल गरी ३ वटा खेलको लागि खल्ती एपबाट किन्दा ४ सय र रंगशालाकै स्टलबाट किन्दा ५ सय रुपैयाँ टिकटदर तोकेको छ। प्रतियोगिता सम्पन्न गर्न २ करोड ५० लाख रुपैयाँ लाग्ने आयोजकको अनुमान छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .