ad ad

खेल


विराट गोल्डकप– आर्मीलाई ‘सडेनडेथ’मा हराउँदै जावलाखेल सेमिफाइनलमा

विराट गोल्डकप– आर्मीलाई ‘सडेनडेथ’मा हराउँदै जावलाखेल सेमिफाइनलमा

नेपालखबर
चैत ११, २०७९ शनिबार ८:८, विराटनगर

डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी फुटबल क्लबलाई ‘सडेनडेथ’मा हराउँदै जावलाखेल युथ क्लब विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। विराटनगरस्थित सहिद रंगशालामा शुक्रबार भएको दोस्रो क्वाटरफाइनलमा जावलाखेलले आर्मीलाई सडेनडेथमा ६–५ गोल अन्तरले हराएको हो। 

खेलको निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकियो भने अतिरिक्त ३० मिनेटमा पनि दुवै टिमले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। 

पेनाल्टीमा पनि दुवै टोलीले ५–५ गोल गरेपछि खेल सडेनडेथमा पुगेको थियो। 

आर्मीका सेसेहाङ आङदेम्बेको प्रहार गरेको बल पोस्ट बाहिर गएपछि आर्मीलाई ६–५ गोल अन्तरले हराउँदै जावलाखेलले सेमिफाइनलको यात्रा तय गरेको हो ।

जावलाखेलका लागि विशाल तामाङले निर्णायक गोल गरे। 

त्यसअघि पेनाल्टीमा जावलाखेलका सीमान्त थापा, विदेशी खेलाडी फोडे फोफोना, जाहुल, छिरिङ, समिराज थोकर र विशाल तामाङले गोल गरेका थिए भने आर्मीका टंक बस्नेत, टेकबहादुर बुढाथोकी, कप्तान जिलेस्पीजंग कार्की, सन्तोष केसी र गोलकिपर बिकेस कुथुले गोल गरेका थिए।

खेलको म्यान अफ द म्याच जावलाखेलका सीमान्त थापा भए। 

जावलाखेलले अब फाइनल प्रवेशका लागि घरेलु टिम विराटनगर सिटीसँग चैत १३ गते पहिलो सेमिफाइनल खेल खेल्ने छ।

शनिबारको तेस्रो क्वाटरफाइनल खेल साविक विजेता सशस्त्र प्रहरी बल र पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबबीच हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .