खेल


मधेसमा सुरु भयो प्रदेशस्तरीय खेलकुद प्रतियोगिता

मधेसमा सुरु भयो प्रदेशस्तरीय खेलकुद प्रतियोगिता

नेपालखबर
जेठ ४, २०८३ सोमबार १७:२६, जनकपुरधाम

जनकपुरधाममा सोमबारदेखि प्रदेशस्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ। मधेस खेलकुद परिषद्को आयोजनामा सुरु प्रतियोगितामा १९ वटा खेल हुनेछन्।  प्रतियोगिताको मधेस खेलकुद परिषद सदस्य-सचिव शिवजीप्रसाद कानुले उद्घाटन गरे। 

पहिलो दिन महिला भलिबल र महिला तथा पुरुष फुलकन्टेक्ट प्रतियोगिता खेलकुद परिषद्को कभर्ड हलमा सुरु भएको छ। 

प्रतियोगितामा महिला र पुरुष खेलाडी, रेफ्री र प्रशिक्षक गरी दुई हजार ४७२ जनाको सहभागिता रहने आयोजकले जनाएको छ। 

खेलहरू मधेसका विभिन्न जिल्लामा भइरहेका छन्। आयोजकका अनुसार भलिबल, कराँते, टेबल टेनिस, डोरीतान, रग्बी, चेस, फुटबल, तेक्वान्दो, जुडो, भारोत्तोलन, उसु, हक्कीलगायतका खेल हुनेछन्। 

२५ दिनसम्म सञ्चालन हुने सो प्रतियोगिताहरू जनकपुरधामको कभर्डहलबाहेक महोत्तरीको जलेश्वर, कान्तीबजार, रौतहटको चन्द्रपुर, निजगढ, बाराको कलैया, पर्साको वीरगञ्ज, सर्लाहीको मलंगवा, लालबन्दी, सप्तरीको राजविराज, सिरहाको गोलबजार, धनुषाको महेन्द्रनगरमा हुनेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad