खेल


घाइते भए ब्राजिलका राफिन्हा

घाइते भए ब्राजिलका राफिन्हा

घाइते भएपछि मैदान छाड्दै ब्राजिलका राफिन्हा


नेपालखबर
असार ६, २०८३ शनिबार ७:४८, काठमाडौँ

विश्वकप फुटबलअन्तर्गत समूह सीको दोस्रो खेलका क्रममा ब्राजिलका राफिन्हा (११) घाइते भएका छन्। 

फिलाडेल्फियामा हाइटीविरुद्धको खेलमा ४०औँ मिनेटमा घाइते भएपछि उनले मैदान छाडेका छन्। 

यो खबर बनाउँदासम्म ब्राजिल हाइटीविरुद्ध ३-० ले अगाडि छ। 

ब्राजिलका लागि म्याथेस कुन्हाले खेलको २३औँ र ३६औँ मिनेटमा दुई गोल हाने भने पहिलो हाफको अतिरिक्त समयको तेस्रो मिनेटमा भिनिसियस जुनियरले तेस्रो गोल गरेका हुन्।

पाँचपल्टको विश्व च्याम्पियन ब्राजिल समूह चरणको पहिलो खेलमा भेनेजुएलासँग १-१ गोलको बराबरीमा रोकिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad