फिफा विश्वकप-२०२६ अन्तर्गत डालास स्टेडियममा शुक्रबार बिहान भएको समूह ‘एफ’को खेलमा जापान र स्विडेनले १-१ गोलको बराबरी खेलेर नकआउट चरणमा प्रवेश गरेका छन्।
पहिलो हाफमा गोलरहित बराबरी खेलेका दुवै टोलीले दोस्रो हाफमा १–१ गोल गरेका १-१ अंक थप गरेका छन्।
यो खेलपछि जापान ५ अंकसहित समूहको उप विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो। यो नतिजासँगै स्विडेन पनि समूह ‘एफ’बाट अन्तिम ३२ मा प्रवेश गरेको छ।
यो समूहबाट नेदरल्यान्ड ७ अंकसहित शीर्ष स्थानमा छ।
खेलको ५६ औँ मिनेटमा जापानका डायची मायदाले १ गोल गरे।
६२ औँ मिनेटमा स्विडेनका एन्थोनी एलागाले बराबरीमा ल्याए। त्यसपछि खेलमा दुवै टोलीले गोल गर्न सकेनन्।
यसअघिको खेलमा जापानले ट्युनिसियाविरुद्ध ४-० को जित निकालेको थियो भने नेदरल्यान्ड्ससँग २-२ गोलको बराबरी खेलेको थियो।
हेर्नुहोस् थप तस्बिर













Shares

प्रतिक्रिया