विश्वकप फुटबलअन्तर्गत समूह जीको जारी खेलमा इजिप्ट र इरानबिचको पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको छ।
खेलको पाँचौँ मिनेटमा इजिप्टका महमुद साबेरले गोल हान्दै टिमलाई अग्रता दिलाएका थिए।
तर १४औँ मिनेटमा इरानका रमिन रजाइनले गोल गर्दै खेल बराबरीमा ल्याएका हुन्।
त्यसो त खेलको ११औँ मिनेटमा इरानले पेनाल्टीको अवसर पाएको थियो। तर मेहदी तारेमी गोल गर्न सकेनन्।
18
Shares

प्रतिक्रिया