ad ad

खेल


कतार विश्वकपका लागि ब्राजिलको टोली घोषणा

कतार विश्वकपका लागि ब्राजिलको टोली घोषणा

नेपालखबर
कात्तिक २२, २०७९ मंगलबार ९:३२, काठमाडौँ

फिफा विश्वकपका लागि ब्राजिलले २६ सदस्यीय टोलीको घोषणा गरेको छ। 

पाँच पटकको उपाधि दाबेदार ब्राजिलले लिभरपुलका रोबर्टो फिर्मिनोलाई टोली बाहिर राख्दै टोलीको घोषणा गरेको हो। 

ब्राजिलले आक्रमणमा अनुभवी र युवा खेलाडीलाई समेटेको छ। सन् २००२ पछि उपाधि जित्न नसकेको ब्राजिल यो पटक उपाधि जित्ने रणनितिमा छ। 

कतार विश्वकपमा ब्राजिल, सर्बिया, स्विटजरल्याण्ड र क्यामरुन रहेको समूह जी मा छ। 

ब्राजिलको टोली :
गोलरक्षक : एलिसन बेकर (लिभरपुल), एडरसन मोराएस (म्यानचेस्टर सिटी), वेभर्टन (फ्लामेंगो)

डिफेन्डर :  ड्यानी आल्भेस (पुमास), थियागो सिल्भा (चेल्सी), मार्किन्हस (पीएसजी), ड्यानिलो (युभेन्टस), एलेक्स सान्ड्रो (युभेन्टस), एडर मिलिसाओ (रियल म्याड्रिड), एलेक्स टेलेस (सेभिया), ब्रेमर (युभेन्टस)

मिडफिल्डर : क्यासेमिरो (म्यान्चेस्टर युनाइटेड), फाबिन्हो (लिभरपुल), लुकास पाक्वेटा (वेस्ट ह्याम), फ्रेड (म्यान्चेस्टर युनाइटेड), ब्रुनो गुइमराएस (न्युकासल युनाइटेड) र एभर्टन रिबिएरो (फ्लामेंगो)

फरवार्ड : नेयमार (पिएसजी), रिचारलीसन (टोटेनहम हट्सपर), भिनीसियस जुनिअर (रियल म्याड्रिड), एन्टोनि सान्तोस (म्यानचेस्टर युनाइटेड), राफिन्हा (बार्सिलोना), रोड्रिगो (रियल म्याड्रिड), पेड्रो (फ्लामेंगो), ग्याब्रिएल जेसस (आर्सनल) र ग्याब्रिएल मार्टिनेली (आर्सनल)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .