खेल


एरिक्सनलाई टोलीमा राख्दै डेनमार्कले गर्‍यो कतार विश्वकप खेल्ने टोलीको घोषणा

एरिक्सनलाई टोलीमा राख्दै डेनमार्कले गर्‍यो कतार विश्वकप खेल्ने टोलीको घोषणा

नेपालखबर
मंसिर ३ , काठमाडौँ

म्यानचेष्टर युनाइटेडका मिडफिल्डर क्रिश्चियन एरिक्सनलाई टोलीमा राख्दै डेनमार्कले कतार विश्वकपका लागि प्रारम्भिक टोलीको घोषणा गरेको छ। 

सन् २०२० को युरो कपमा फिनल्याण्डविरुद्धको खेलमा ‘कार्डियाक एरेस्ट’ भएपछि मैदानमा ढलेका उनी स्वस्थ्य भएर मैदान फर्किसकेका छन्। 

डेनमार्कले विश्वकपका लागि अहिले २१ सदस्यीय टोलीको घोषणा गरेपनि बाँकी ५ खेलाडी युरोपेली खेलको अन्तिम चरणपछि बाँकी खेलाडीको घोषणा गर्ने जनाएको छ। नोभेम्बर १३ भित्र अन्तिम टोलीको नाम फिफामा बुझाउनुपर्ने हुन्छ।  

समूह डी मा रहेको डेनमार्कले नोभेम्बर २२ मा ट्युनिया, २६ नोभेम्बरमा साविक विजेता फ्रान्स र ३० नोभेम्बरमा अष्ट्रेलियासँग खेल्ने तालिका छ।

डेनमार्कको प्रारम्भिक टोली :
गोलरक्षकः कास्पेर जाइर(नाइस), ओलिभर क्रिस्टेनसेन (हर्थ बर्लिन)

डिफेन्डरः साइमन कजायर (एसी मिलान), जोआकिम एन्डरसन (क्रिस्टल प्यालेस), जोकिम माहेले (एटलान्टा), एन्ड्रियास क्रिस्टेनसेन (बार्सिलोना), रासमुस क्रिस्टेनसेन (लीड्स युनाइटेड), जेन्स स्ट्राइगर लार्सन (ट्राब्जोन्सपोर), भिक्टर नेल्सन (गालाटासारे), डेनियल वास (ब्रोन्डबी) 

मिडफिल्डरः थोमस डेलानी (सेभिल्ला), म्याथियास जेन्सेन (ब्रेन्टफोर्ड), क्रिश्चियन इरिक्सन –म्यानचेष्टर युनाइटेड), पियरे–एमिल शोज्ब्जर्ग (टोटनह्याम)

फरवर्डः आन्द्रेस कोभ ओल्सेन (क्लब ब्रुग), जेस्पर लिन्डस्ट्रोम –फ्रान्कफर्ट), आन्द्रेस कोर्निलुस( कोपनहेगन), मार्टिन ब्रेथवेट (इस्प्याुनअल), कास्पर डोलवर्ग (सेभिल्ला), मिक्कील डामगार्ड (ब्रेन्टफोर्ड), जोनस विन्ड (भीएफएल वुल्फवर्ग)

कात्तिक २२, २०७९, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .