फिफा विश्वकप २०२२ अन्तर्गत अन्तिम १६ मा इंग्ल्यान्डले सेनेगलको सामना गर्ने भएको छ।
समूह बीको विजेता टोलीको रुपमा माथिल्लो चरणमा प्रवेश गरेको इंग्ल्यान्डले समूह एको उपविजेता बनेको सेनेगललाई पन्छाउनुपर्ने चुनौती पाएको हो।
समूह बीको विजेता बनेको इंग्ल्यान्डले समूहमा दुई खेलमा जित र एक खेल बराबरी खेल्दै माथिल्लो चरणमा आफ्नो स्थान बनाएको हो।
सेनेगलले भने समूहको पहिलो खेलमा नेदरल्याण्डसँग पराजयको सामना गरे पनि अन्य दुई खेलमा भने जित हात पार्दै माथिल्लो चरणको यात्रा तय गरेको हो।
तेस्रोपटक विश्वकपमा छानिएको सेनेगल सन् २००२ को विश्वकपमा क्वार्टरफाइनलसम्म पुगेको थियो। रुस विश्वकपमा समूहचरणबाटै बाहिरिएको यो टोली यसपटक भने नकआउट चरणमा प्रवेश गरेको हो।
एकपटकको विश्वविजेता इंग्ल्यान्ड भने यसअघिको विश्वकपको सेमिफाइनलसम्म पुगेको थियो। यसपटक पनि यो टोलीलाई उपाधिको दाबेदार मानिएको छ।
Shares
प्रतिक्रिया