ad ad

प्रविधि


आयरल्यान्डमा मेटालाई २६ करोड ५० लाख युरो जरिवाना

आयरल्यान्डमा मेटालाई २६ करोड ५० लाख युरो जरिवाना

नेपालखबर
मंसिर १४, २०७९ बुधबार ४:०, काठमाडौँ

फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको मातृ कम्पनी मेटालाई आयरल्यान्डको डेटा प्रोटेक्सन कमिसनले २६ करोड ५० लाख युरोबराबरको जरिवाना सुनाएको छ।

फेसबुक प्रयोगकर्ताको व्यक्तिगत जानकारी सार्वजनिक भएको विषयलाई लिएर कमिसनले यस्तो सजाय सुनाएको हो। 

अनलाइन ह्याकिङ फोरममा पाइएअनुसार ५३ करोड ३० लाख फेसबुक प्रयोगकर्ताको फोन नम्बर र इमेल एड्रेस ह्याकरहरुले ह्याक गरी अनलाइनमा सार्वजनिक गरेका थिए।

सोही विषयलाई आधार बनाउँदै आयरल्यान्डको नियामकले मेटामाथि जरिवानाको निर्णय गरेको हो। 

फेसबुकले भने आफ्ना ग्राहकको विवरण ह्याक भएको नभई  सन् २०१९ अघिको विभिन्न संयन्त्रको माध्यमबाट तेस्रो व्यक्तिको हातमा पुगेको बताएको छ।

यसअघि पनि मेटाले विभिन्न मुलुकमा विभिन्न आरोपमा मुद्दा तथा जरिवाना झेल्दै आएको छ।

पछिल्लो समय नियामकहरुले पनि सामाजिक सञ्जालमाथिको निगरानी बढाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .