खेल


हारेर पनि अन्तिम १६ मा पोल्याण्ड, जितेर पनि बाहिरियो मेक्सिको

हारेर पनि अन्तिम १६ मा पोल्याण्ड, जितेर पनि बाहिरियो मेक्सिको

नेपालखबर
मंसिर १५, २०७९ बिहिबार २:४८, काठमाडौँ

अर्जेन्टिना र पोल्याण्ड कतारमा जारी विश्वकप फुटबल २०२२ को अन्तिम १६ मा प्रवेश गरेका छन्।

बुधबार भएको खेलमा पोल्याण्डलाई २–० ले हराउँदै अर्जेन्टिनाले माथिल्लो चरणमा आफ्नो स्थान पक्का गरेको हो। अर्जेन्टिनाले समूह चरणका दुई खेलमा जित हात पार्दै ६ अंक हात पारेको हो। 

तीन खेलबाट ४ अंक हात पारेको पोल्याण्ड पनि समूहको उपविजेताको रुपमा माथिल्लो चरणमा पुगेको छ।

यद्यपि समान ४ अंक हात पारेको मेक्सिको भने समूह चरणबाटै बाहिरिएको छ। अन्तिम खेलमा साउदी अरेबियालाई २-१ ले पराजित गरेर पनि मेक्सिको समूह चरणबाटै बाहिरिएको हो। मेक्सिको ४४ वर्षमा पहिलोपटक समूहचरणबाटै बाहिरिएको हो।

पोल्याण्ड र मेक्सिकोबीच अंक बराबर भए पनि गोल अन्तरको आधारमा पोल्याण्ड माथिल्लो चरणमा पुगेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .