ad ad

खेल


मोरक्कोलाई क्यानडाको चुनौती, जित्नैपर्ने दबाबमा बेल्जियम

मोरक्कोलाई क्यानडाको चुनौती, जित्नैपर्ने दबाबमा बेल्जियम

नेपालखबर
मंसिर १५, २०७९ बिहिबार ९:३०, काठमाडौँ

फिफा विश्वकप अन्तर्गत समूह एफमा रहेको क्यानडाबाहेक सबै टोली अन्तिम १६ मा स्थान बनाउनका लागि संर्घषरत छन्। 

समूह चरणका दुई खेलमा लगातार हार व्यहोर्दै क्यानडा १ खेल अगावै अन्तिम १६ को दौडबाट बाहिरिएको हो। समूहमा रहेका क्रोएसिया र बेल्जियम तथा मोरक्को र क्यानडाबीचको खेलले नकआउट चरणमा पुग्ने टोलीको टुङ्गो लाग्नेछ। 

समूह चरणको अन्तिम खेलमा शीर्ष स्थानको क्रोएसियाले बेल्जियमसँग तथा दोस्रो स्थानको मोरक्कोले क्यानडासँग खेल्नेछन्। 
यो समूहमा रहेका तीन टोलीलाई नकआउट चरणमा पुग्नमा लागि जितको खाँचो छ। 

बराबरीको नतिजा आएमा अर्को खेलको नतिजा तिनै टोलीलाई महत्वपूर्ण हुनेछ। 

बिहिबार पौने ९ बजे अहमद अल बिन स्टेडियममा हुने खेलमा क्रोएशिया समूह विजेताको रुपमा अन्तिम १६ मा पुग्न चाहन्छ। बेल्जियम पनि क्रोएशियालाई हराउँदै नकआउट चरणमा स्थान सुरक्षित गर्न चाहन्छ। 

विश्वकपमा पहिलो पटक भिड्न लागेका दुई टोली हाबी हुन चाहन्छन्। सातौँपटक विश्वकप खेलिरहेको साविक उपविजेता क्रोएशिया यसपटक उपाधि हत्याउने दाउमा छ।

गत सिजन फ्रान्ससँग पराजित हुँदै क्रोएशियाको उपाधि उचाल्ने सपना अधुरै रहेको थियो। विश्वकप इतिहासमा क्रोएशियाले सन् २००२,२००६ र २०१४ मा मात्र समूह चरण पार गर्न सकेको छैन। 

उता सन् २०१८ को सेमिफाइनलिष्ट टोली बेल्जियम यसपटक उपाधि जित्ने योजनामा छ। १४ औँ पटक विश्वकप खेलिरहेको बेल्जियमले यसअघि पाँच पटक मात्र समूह चरण पार गर्न सकेको छैन। सन् १९८६ मा चौथो भएको बेल्जियमले २०१४ मा क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो। 

 समूह चरणकै अर्को खेलमा क्यानडाले मोरक्कोको सामना गर्नेछ। पौने ९ बजे अल थुमामा स्टेडियममा हुने खेलमा मोरक्को क्यानडालाई हराउँदै अन्तिम १६ मा स्थान बनाउन चाहन्छ। उता क्यानडा विश्पकपबाट सुखद बिदाइ चाहन्छ। 

छैटौँ पटक विश्वकप खेलिरहेको मोरक्कोले एक पटक मात्र समूह चरण पार गरेको छ। सन् १९६ मा भएको विश्वकपमा मोरक्को अन्त्मि १६ मा पुगेको थियो। त्यसयता समूह चरण पार गर्न सकेको छैन। सन् २०१ मा पनि समूह चरणबाट नै बाहिरिएको मोरक्को विश्वकपमा नयाँ इतिहास लेखाउन चाहन्छ। 

यसअघि मोरक्को र क्यानडाबीच भएको तिन भेटमा २ खेलमा मोरक्कोले जित निकालेको छ भने एक खेल बराबरीमा टुङ्गिएको छ।

उता ३६ वर्षपछि विश्वकपमा सहभागी भएको क्यानडा एक खेल अगावै समूह चरणबाट नै बाहिरिएको थियो।

क्यानडा पहिलो खेलमा बेल्जियमसँग पराजित भएको थियो। दोस्रो खेलमा साबिक उपविजेता क्रोएशियासँग ४–१ ले पराजित हुँदै समूह चरणबाट बाहिरिने दोस्रो टोली बनेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .