विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ईको खेलमा स्पेनविरुद्ध जापानले पाँच मिनेटभित्र दुई गोल गर्दै अग्रता उल्ट्याएको छ।
पहिलो हाफमा १–० ले पछि परेको जापानका लागि खेलको ४८ औं मिनेटमा रित्सु डोआनले बराबरी गोल फर्काएका थिए।
त्यस्तै खेलको ५३ औं मिनेटमा ओ टानाकाले अर्को गोल फर्काएका थिए।
माथिल्लो चरणमा प्रवेशका लागि जापानलाई स्पेनसँगको खेलमा जित हात पार्नु जरुरी छ।
मंसिर १६, २०७९, बिहीबार
प्रतिक्रिया