ad ad

खेल


दबाबरहित पोर्चुगललाई कोरियाको चुनौती

दबाबरहित पोर्चुगललाई कोरियाको चुनौती

नेपालखबर
मंसिर १६, २०७९ शुक्रबार ९:२२, काठमाडौँ

कतार विश्वकपमा शुक्रबार राति समूह एच को अन्तिम खेलमा दक्षिण कोरिया र पोर्चुगल तथा घाना र उरुग्वे भिड्दै छन्। 

पोर्चुगल र दक्षिण कोरिया २० वर्षपछि विश्वकपमा आमनोसमाने हुन लागेका हुन्। यसअघि सन् २००२ मा भएको भेटमा कोरियाले पोर्चुगललाई १–० ले  हराएको थियो। पोर्चुगल आजको खेलमा त्यो हारको बदला लिने योजनामा हुँदा कोरिया भने इतिहास दोहोर्‍याउने दाउमा हुनेछ। 

यसअघि नै नकआउट चरणमा स्थान बनाइसकेको पोर्चुगललाई समूहविजेता बन्न आजको खेलमा बराबरी नै पर्याप्त हुनेछ। तर पोर्चुगल शतप्रतिशत पजितका साथ समूह विजेताको रुपमा अन्तिम १६ मा स्थान पक्का गर्न गर्न चाहन्छ। 

विश्वकपमा पोर्चुगलको उत्कृष्ट नतिजा भनेको १९६६ मा तेस्रो हुनु हो।  पोर्चुगल १९८६,२००२ र २०१४ को समूह चरणबाटै बाहिरिनु हो। 

नकआउट चरणमा स्थान बनाउनका लागि दक्षिण कोरियालाई भने स्पष्ट जितको खाँचो छ। बराबरीको नतिजाले पनि कोरियाको अघिल्लो चरण पुग्ने सम्भावना सकिनेछ। पहिलो खेलमा हार व्यहोरेको कोरियाले दोस्रो खेलमा बराबरीको नतिजा निकालेको थियो। दक्षिण कोरियाले पोर्चुगलमाथि जित निकालेर मात्र पर्याप्त हुनेछैन। घाना र उरुग्वेको नतिजाले पनि अघिल्लो चरणको यात्रा तय गर्नेछ। 

११ औँ पटक विश्वकपमा सहभागिता जनाइरहेको कोरिया यसअघिका दुई संस्करणमा पहिलो चरणबाटै बाहिरिएको थियो। विश्वकपमा कोरियाको अहिलेसम्मको उत्कृष्ट नतिजा भनेको २००२ मा सेमिफाइनल खेल्नु हो। त्यसपछिको संस्करणमा पहिलो चरणबाट बाहिरिएको कोरिया २०१० मा अन्तिम १६ सम्म पुगेको थियो। यी दुई संस्करण बाहेक कोरियाले पहिलो चरण पार गर्न सकेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .