खेल


अन्तिम १६ मा क्रोएसियालाई जापानको चुनौती

अन्तिम १६ मा क्रोएसियालाई जापानको चुनौती

नेपालखबर
मंसिर १६ , काठमाडौँ

कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत अन्तिम १६ को खेलमा जापानले क्रोएसियाको सामना गर्ने भएको छ। जापान समूह ईको विजेता हो भने क्रोएसिया समूह एफ को उपविजेता हो।

जापानले समूह चरणमा दुई पूर्व विश्वविजेता जर्मनी र स्पेनलाई हराएको थियो भने कोस्टारिकासँग पराजित भएको थियो।

यता समूह एफ को उपविजेता क्रोएसिया भने अपराजित टोली हो। क्रोएसियाले समूह चरणको खेलमा क्यानडामाथि जित हात पारेको थियो भने बेल्जियम र मोरक्कोसँग बराबरी खेलेको थियो। 

एसियाको पावर हाउस मानिने जापान चौथोपटक विश्वकपका अन्तिम १६ मा पुगेको हो। यो टोली अहिलेसम्म  अन्तिम १६ बाट अगाडि बढ्न भने सकेको छैन। यद्यपि यसपटकको प्रदर्शन हेर्ने हो भने जापानले अन्तिम १६ मा क्रोएसियाको चुनौती पन्छाउन सक्छ।

सन् २०१८ को उपविजेता टोली क्रोएसिया २०२२ मा उपाधि जित्ने दाउमा छ।

ज्लात्को डालिकको प्रशिक्षणमा रहेको क्रोएसिया लुका मोड्रिचको नेतृत्वमा मैदान उत्रिनेछ। मोड्रिच सम्भवतः अन्तिम विश्वकप खेल्दै छन्।

मोड्रिच बाहेक क्रोएसियासँग जो इभान पेरिसिक, माटेओ कोभासिक र मोर्सेलो ब्रोजोभिक जस्ता प्रमुख खेलाडीको साथमा खेल्नेछ। 
पाँचौ पटक विश्वकप खेल्न लागेको क्रोएसियाको नजर यो पटक उपाधि माथि छ। 

जर्मनी र स्पेनजस्ता टोलीलाई पन्छाएको जापानलाई हराउनु भने उसका लागि पक्कै पनि सजिलो हुने छैन। 

मंसिर १६, २०७९, बिहीबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.