कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत बिहीबार भएको खेलमा क्यानडालाई पराजित गर्दै मोरक्को अन्तिम १६ मा प्रवेश गरेको छ।
पहिलो खेलमा क्रोएसियासँग बराबरीमा रोकिएको मोरक्कोले दोस्रो खेलमा पनि बेल्जियमलाई हराएको थियो। यससँगै २४ वर्षपछि विश्वकपमा समूह विजेता बन्ने पहिलो टोली बनेको मोरक्को अहिलेसम्म क्वार्टरफाइनलमा भने पुग्न सकेको छैन।
पूर्व विजेता स्पेनले समूह चरणको पहिलो खेलमा कोस्टारिकालाई हराएको थियो भने दोस्रो खेलमा जर्मनीसँग बराबरी खेलेको थियो।
तर, अन्तिम खेलमा भने जापानसँग पराजित भएको थियो। यद्यपि स्पेनको टोली समग्रमा बलियो छ।
यस्तोमा मोरक्कोलाई स्पेन हराउनु पक्कै पनि सहज हुनेछैन। यद्यपि समूह चरणमा क्रोएसिया र बेल्जियमजस्ता टोलीलाई रोकेको मोरक्कोले स्पेनलाई राम्रै चुनौती दिन सक्छ।
यी दुई टोलीबीचको खेल आगामी मंगलबार नेपाली समयअनुसार बेलुका पौने ९ बजे सुरु हुनेछ।
प्रतिक्रिया